नेविसंघ तनहुँकाे कार्यवाहक अध्यक्षमा कैनी
नेपाल विद्यार्थी संघ तनहुँको कार्यबाहक अध्यक्षमा आशिष कैनी चयन भएका छन् । अध्यक्ष सुरज लम्सालले कैनीलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिएका हुन् । अध्यक्ष लम्सालले व्यक्तिगत कारणले देश बाहिर रहनुपर्ने भएको हुँदा नेपाल विद्यार्थी संघको विधान २०२७ (सातौं संसोधन २०७५) बमोजिम कैनीलाई नेपाल विद्यार्थी संघ जिल्ला कार्य समिति तनहुँको कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको बिज्ञप्ति मार्फत जनाएका छन् ।

नेपाल विद्यार्थी संघको विधि विधान र मर्यादाभित्र रहेर संघको मूल्य, मान्यता र आदर्शलाई उच्च राखी संघलाई गतिशिल बनाउने गरी कार्यवाहक अध्यक्षको जिम्मेवारी निर्वाह गर्नुहुनेछ भन्ने विश्वास लिएको छु, अध्यक्ष लम्साल द्वारा जारी बिज्ञप्तिमा भनिएको छ ।

























