विज्ञान शिक्षक समाजको हाजिरीजवाफ प्रतियोगितामा सत्यवति प्रथम

विज्ञान शिक्षक समाजको हाजिरीजवाफ प्रतियोगितामा सत्यवति प्रथम


राष्ट्रिय विज्ञान दिवस २०८१ को अवसरमा विज्ञान शिक्षक समाज ब्यास नगर कार्यसमितिद्धारा आयोजित व्यास नगरपालिका स्तरिय अन्तर मा वि विज्ञान हाजिरीजबाफ प्रतियोगितामा सत्यवति मा वि प्रथम भएको छ । यस्तै प्रतियोगितामा द्धितिय जनजुद्ध शाहि मा वि र तृतीय बाराही मा वि भएका छन ।
प्रथम भएको सत्यवति मावि दमौलीको टिमले स्टान तनहुँको आयोजनामा असोज १ गते हुने जिल्ला स्तरिय अन्तर पालिका हाजिरीजवाफ प्रतियोगितामा व्यास नगरको प्रतिनिधित्व गर्ने शिक्षक राजीव श्रेष्ठले जानकारी दिए ।
आदिकवि भानुभक्त बहुमुखी क्याम्पस दमौलीमा भएको प्रतियोगितामा व्यास नगर भित्रका १७ वटा बिद्यालयहरूकाे सहभागीता रहेको थियो ।

विज्ञान शिक्षक समाज व्यासनगरका अध्यक्ष सुनिल पाैडेलकाे अध्यक्षतामा भएको कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्याैपाने प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा शिक्षा तथा सामाजिक विकास शाखा, व्यास नगरपालिकाका प्रमुख केदार आचार्य , स्टान तनहुँका अध्यक्ष देवराज अधिकारी आदिकवि भानुभक्त बहुमुखी क्याम्पस प्रमुख महेश प्रसाद हड्खले , आशा खड्का , श्रीकृष्ण लामिछाने लगायतका वक्ताहरूले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page