डुम्रे साँस्कृतिक यूवा परिवार द्वारा विभिन्न कार्यक्रम गरी बाल दिवस मनाइयो
बन्दिपुर स्थित डुम्रे साँस्कृतिक यूवा परिवार द्वारा यहि भाद्र २९ गते पर्न गएको बाल दिवसको अवसर पारेर विभिन्न कार्यक्रम गरि बालदिवस मनाइएको छ । भाद्र २८ र २९ गरि दुई दिन विद्यालय स्तरीय कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरु विच विभिन्न कार्यक्रमहरु संचालन सम्पन्न भएको कार्यक्रम संयोजक अनमोल पियाले बताए ।

डुम्रे साँस्कृतिक यूवा परिवारले आफ्नो स्थापना कालदेखि नै संस्कृतिको संरक्षण, शिक्षा, स्वास्थ्य, खेलकुद आदि विषयहरुमा विभिन्न कार्यक्रमहरु संचालन गर्दै आई रहेको छ । यस वर्ष “बालबालिकालाई गुणस्तरीय शिक्षा आजको आवश्यकता” भन्ने मुलनाराका साथ संचालन भएको उक्त कार्यक्रममा नेपाली हस्तलेखन, चेस, चित्रकला, हाजिरी जवाफ , वक्तृत्व कला गरि ५ वटा बिधा समाबेस गरिएको थियो ।

पहिलो दिनको कार्यक्रम हाजिरी जवाफमा पवित्रा मा.वि ले प्रथम स्थान हासिल गरेको थियो भने द्वितीय र तृतीय स्थानमा क्रमस मनास्लु मा वि र फिस्टेल आवासीय मा.वि भएका थिए । यसै गरि वक्तित्वकला प्रतियोगितामा प्रथम पवित्रा मा.वि ले हाल पार्न सफल भएको थियो भने हो.रा.लो मा.वि ले द्वितीय स्थान ल्याए सँगै तृतीय स्थानमा भने दुई विद्यालयहरु भन्सार ईन्टरनेस्नल र फिस्टेल आवासीय मा.वि भएका थिए ।
यसैगरी दोस्रो दिनको कार्यक्रम नेपाली हस्तलेखन प्रतियोगितामा हो.रा.लो मा.वि १३ अंकको साथ प्रथम हुन सफल भयो भने दिपशिखा मा.वि र मनास्लु मा.वि क्रमस द्वितीय र तृतीय भएका सचिव इश्वर नेपालले जानकारी दिए ।
यस्तै अर्को विधा चित्रकला प्रतियोगितामा नाेट्रिडे्मले हात पार्न सपल भयाे भने द्वितीय र तृतीयमा क्रमस फिस्टेल मा.वि र मनास्लु मा.वि विजय भएका थिए । चेस प्रतियोगितामा फिस्टेल मा.वि प्रथम हुँदा हो.रा.लो मा.वि र पवित्र मा.वि क्रमस द्वितीय र तृतीय भएका थिए ।
























