व्यास १ वडा स्तरीय बाल नृत्य प्रतियोगितामा सिवालय बाल क्लब प्रथम

व्यास १ वडा स्तरीय बाल नृत्य प्रतियोगितामा सिवालय बाल क्लब प्रथम

६० औं राष्ट्रिय बाल दिवसका अवसरमा व्यास-१ मा रहेकाे अकला सामुदायिक सिकाइ केन्द्रले वडा स्तरिय बाल नृत्य प्रतियाेगिता सम्पन्न गरेकाे छ । प्रतियोगितामा सिवालय बाल क्लब प्रथम , ठुलाे गाउँ बाल क्लब द्धितीय , सिर्जनशिल बालक्लब तृतिय र हाईस्कुलटार बालक्लब तथा जनचेतना नव बालक्लब सान्त्वना भएका छन् ।प्रतियोगितामा प्रथम , द्वितीय , तृतिय र सान्त्वना हुने समूहलाई क्रमश : पाँच , तीन , दुई र एक / एक हजार नगद पुरस्कार तथा प्रमाण पत्र प्रदान गरिएको थियो ।

त्यस अगाडि कार्यक्रमकाे उद्घाटन गर्दै व्यास नगरपालिकाकी उप प्रमुख ईन्दिरा दरैले सिकाइ केन्द्रले समुदायस्तरमा उपलब्धिमुलक र सह्रानिय कार्य गर्दै आएकाेले यस्ता प्रतियाेगिताबाट बालबालिकामा रहेकाे अन्तरनिहित प्रतिभा प्रस्फुटन हुने बताइन् । कार्यक्रममा व्यास १ का वडाअध्यक्ष रमेशचन्द्र हड्खलेले बालबालिका अथाह सम्भावना र प्रतिभाका धनि भएकाले वडा स्तरबाट उत्कृष्ट बालवालिका पहिचानमा यस्ता कार्यक्रम सहायक सिद्ध हुने बताए ।

केन्द्रका कार्यवाहक अध्यक्ष पुर्णबहादुर दरैकाे सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा केन्द्रका कानुनी सल्लाहकार डम्बरदेव हड्खले लगायतले सुभकामना व्यक्त गरेका थिए । २० वटा क्लवकाे सहभागीता रहेको प्रतियोगितामा सर्जन थापा मगर,साेनु मल्ल ठकुरी र श्रीराम गन्धर्व निर्णायक रहेका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page