प्रधानमन्त्री ओलीको जिल्लामा प्रचण्डको “मर्निङ वाक”

प्रधानमन्त्री ओलीको जिल्लामा प्रचण्डको “मर्निङ वाक”

प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार ‘मर्निङ वाक’ गर्दैछन् ।

आज बिहान सढे पाँच बजे बिर्तामोडमा रहेको होटल टाइमलेस मोमेन्टबाट उनको ‘मर्निङ वाक’ सुरु भएको हो। त्यहाँबाट उनी
आफ्नो टोलीसहित बिर्तामोड र अर्जुनधाराको सीमानामा रहेको माता मन्दिर पुगेर टेकबहादुर गिरी बसपार्क आएका हुन्।

बसपार्कमा उनलाई स्थानीयले ज्ञापनपत्र बुझाएका छन्। गिरिबन्धु टी स्टेटको ५१ बिघा जग्गाको विषयमा स्थानीयले ज्ञापनपत्र बुझाएका हुन्।

प्रचण्डले संक्षिप्त सम्बोधन गर्दै स्थानीयलाई न्याय दिन आफू लागि पर्ने बताए। साथै, उनले यस्तै खालको बेथितीको विरोधमा लाग्दा आफू नेतृत्वको सरकार ढलेको जिकिर गरेका छन्।

देश सञ्चारबाट

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page