थर्पु बजारमै पहिलोपटक खुल्यो बर्गर , पिजा र मट्का चिया सहितको क्याफे

तनहुँकाे पुरानो बजार थर्पुमा पहिलोपटक
बर्गर , पिजा , केएफसी , मट्का चिया , मट्का बिर्यानी , मेसिन बाट कफी , बर्थडे केक लगायतका बेकरी सहितको क्याफे पसल सञ्चालनमा आएकाे छ ।


स्थानीय युवा कृष्ण मल्लले करिब १० लाखको लागतमा Grace cafe एण्ड Restro सञ्चालनमा ल्याएका हुन् । क्याफेमा विभिन्न फरकफरक स्वादका परिकारहरू पाइने सञ्चालक मल्लले बताए । क्याफेमा ४ जनालाई राेजगारी दिइएको छ । खासगरी युवायुवती हरूकाे उक्त क्याफेमा भिड लाग्ने गर्दछ । यस्तै चियाको पारखीहरूलाइ मड्का चियाकाे सुविधा उपलब्ध गराइएको छ ।

यस्तै क्याफेमा आयुर्वेदिक जुस समेत पाइने र उक्त जुस ८० वर्ष माथिका जेष्ठ नागरिकलाई निशुल्क उपलब्ध गराइने सञ्चालक मल्लले जानकारी दिएका छन् ।
























