बाराही महिला बहुउद्देश्यीय सहकारीकाे २८औँ साधारण सभा सम्पन्न

बाराही महिला बहुउद्देश्यीय सहकारीकाे २८औँ साधारण सभा सम्पन्न

बाराही महिला बहुउद्देश्यीय सहकारी संस्था म्याग्दे -१, गुणादीको २८औँ वार्षिक साधारण सभा आईतवार सम्पन्न भएको छ । सहकारी संस्थाको कार्यालय प्राङ्गणमा भएको साधारणसभामा कृषि तथा पशुपालन व्यवसायमा सहुलियत व्याजदरमा लगानी सम्बन्धमा , शेयर सदस्यहरू लाई शिक्षा शिविर सञ्चालन गर्ने सम्बन्धमा , शेयर सदस्य तथा कर्मचारीकाे क्षमता अभिवृद्धिका लागि तालिम गाेष्ठी तथा भ्रमण सम्बन्धमा , बाख्रा पैंचाे कार्यक्रमलाई निरन्तरता दिने सम्बन्धमा , मल बिउ खरिदबिक्री लगायतका विषयमा प्रस्तावित कार्यक्रमहरू प्रस्तुत गरिएको थियो ।


उक्त अवसरमा सहकारीको २०८१ असार मसान्तसम्म काे शेयर पुँजी ४ करोड ३९ लाख ९९ हजार ९ सय , बचत निक्षेप १४ करोड १ लाख ६८ हजार ५ सय ६८ , लगानी १५ करोड १८ लाख ९४ हजार ५ सय तथा हालसम्मको काराेवार २० करोड ६७ लाख ९३ हजार २ सय ९८ रूपया रहेको बताइएको थियोे ।

सदस्यहरूकाे वित्तीय आवस्यकतालाइ पूरा गर्ने उद्धेश्य का साथ म्याग्दे गापा वडा नं १ , २ र ३ का न्यून आय श्राेत भएका महिलाहरूका लागि बचत संकलन गरि आत्मनिर्भर हुने अभिप्रायले २०५३ सालमा सहकारी स्थापना भएको उक्त अवसरमा जानकारी दिइएको थियो । ५६ जना बाट सुरु भएको सहकारीको हाल १ हजार ८ सय ५५ जना सेयर सदस्य रहेका छन् ।

सहकारी अध्यक्ष कमला खनालकाे अध्यक्षतामा भएको साधारणसभामा संस्थापक अध्यक्ष महाकाली खनाल , सचिव सनिता थापा आले , लेखा संयाेजक शाेभा अधिकारी , ऋण समितिबाट सुभद्रा घिमिरे , शिक्षा संयाेजक इन्दिरा खनाल तथा काेशाध्यक्ष गाेमा श्रेष्ठ लगायतले बाेलेका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page