व्यास २ का महिलालाई उद्यमशिलता विकास तालिम

व्यास नगरपालिका वडा नं २ का महिलाहरूलाइ उद्यमशिलता विकास तालिम प्रदान गरिएको छ । वडा भित्रका १७ वटै टोलबाट महिलाहरू लाई सहभगी सँगै छनोट गरी उनीहरूलाई ८ दिने तालिम प्रदान गरिएको हाे ।

गरिवी निबारणका लागि लघु उद्यम बिकास कार्यक्रम अन्तर्गत भएको तालिम व्यास नगरपालिकाकाे आयाेजनामा भएको थियो । ४० जना महिलाहरूकाे सहभागीता रहेको तालिम समापन कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्याैपानेले प्रमाणपत्र वितरण गरेका थिए । कार्यक्रममा व्यास २ का वडा अध्यक्ष कशिराम श्रेस्ठ लगायतले बाेलेका थिए ।

























