म्याग्दे गापा शिक्षा शाखा प्रमुख खत्रीलाई राधा माविको सम्मान
म्याग्दे गाउँपालिका शिक्षा शाखा प्रमुख विष्णु खत्रीलाई राधा मावि जामुनेले सम्मान गरेको छ ।
केही समय अगाडि मात्रै बन्दीपुर गाउँपालिकाबाट सरूवा भइ म्याग्दे आएका खत्रीलाई बिद्यालयले स्वागत तथा सम्मान गरेको हाे ।

विद्यालयका पूर्व विद्यार्थी,पूर्व शिक्षक,अभिभावक हुँदै म्याग्दे गाउँपालिकाका शिक्षा शाखा प्रमुख भएकोमा उहाँलाई सम्मान गरेको बिद्यालयका प्रअ अशोक चन्द्र वाग्लेले बताए । खत्रीलाई बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष छबिलाल श्रेष्ठ , शिक्षक अभिभावक संघका अध्यक्ष सन्दीप रानाभाट लगायत शिक्षक , अभिभावक र बिद्यार्थीहरूले सम्मान गरेका थिए ।


























