बहुउद्देश्यीय भवन बनाउन भन्दै वर्षाैं देखि बन्द गरिएको व्यासका सटर खुल्न थाले
व्यास नगरपालिकाले बहुउद्देश्यीय भवन बनाउने भन्दै खाली गराएको दमाैलीकाे मुख्य चाेकका सटरहरू धमाधम खुल्न थालेका छन् । मुख्य चाेक र सफासडकका १४ वटा सटरमा बसेका व्यापारीलाई बहुउद्देश्यीय भवन बनाउन भन्दै नगरपालिकाले खाली गराएको थियो ।
बिहीबार घटस्थापनाकाे दिनमा शुभारम्भ गर्दा राम्रो हुने भएर पनि धेरै व्यापारीले आज पसलको सुरुवात गरेका छन् । सफासडककाे सटर नं ४ मा न्यु दमाैली युनिक हाउसका सञ्चालक राजकुमार श्रेष्ठले आफु पुरानै ठाउँमा ७ महिना पछि पुन पसल सञ्चालन गर्न आएकाे बताए । बिचकाे समयमा विभिन्न कारणले बन्द गर्नुपरेको सटरमा अहिले पुन नयाँ व्यवस्थापनका साथ सुरु गरेको समेत उनलेे बताए । उनलेे जस्तै त्यस वरपरका अधिकांश पसलहरू घटस्थापनाकाे दिन पारेर आज खाेलीएका छन् ।

नगरबासीकाे चाहना नहुँदा नहुँदै पनि बहुउद्देश्यीय भवनको ढाेल पिटेर व्यवसाय गरिरहेका व्यवसायीलाई लखेट्दा उनीहरूलाई ठुलो नाेक्सानी भएको थियो । केही व्यवसायीले नगरपालिकाले गर्दा हामीलाई घरको न घाटकाे बनाएकाे गुनासो समेत गरेका थिए भने केहीले बन्द हुँदाको पनि पैसा तिराएर अन्याय गरेको भन्दै आक्राेस पाेखेका थिए ।

बहुउद्देश्यीय भवन नबनेको खण्डमा तपाईंहरूनै बस्न पाउनुहुन्छ अहिले खाली गर्दिनुस भनेर नगर प्रमुखले भनेपछि हामी ७ जनाले सुरुमै इमानदारीपूर्वक सटर छाेड्याैँ , तर नयाँ भवनकाे चाैतर्फी बिराेध भए पछि भवन बनाउने काम सुरु नैं भएन । यस्तो बेलामा पहिला बसेका पुराना व्यवसायीलेनैं सटर पाउनुपर्नेमा गत साउन ३२ गते टेण्डर खाेलिएकाे एक व्यवसायीले बताए ।
भवन नवनेकाे खण्डमा हामीले नैं पाउनुपर्छ भनेर नगर प्रमुखले त्यही बेला ताेक लगाएको कागज देखाउँदा पनि अहिले आनाकानी भएको उनिहरूले बताएका थिए। हामीलाइ त पुरानो सहमति अनुसार दिएनन् – उल्टै अहिलेसम्म बन्द रहँदाकाे सटर भाडा मात्रै हाेईन जरिवाना र सरसफाइ सुल्क समेत लिए ती व्यापारीले भने । खासगरी रामनारायण श्रेष्ठ , राजकुमार श्रेष्ठ , फणीन्द्र घिमिरे , बिष्णु वाग्ले र तेजबहादुर रानाभाटले पुन पाउने सर्तमा सटर खाली गरेको बताएका छन् । एक व्यापारीका अनुसार आफुहरूकाे सम्झौता २०८० असार मसान्तमा सकिएपछि सम्झौता थप्न र भाडा लिन भनेर तिर्न जाँदा पनि नगरपालिकाले त्यो बेला पैसा नलिई फर्काएको तर पछि ढाड सेक्ने काम गरेको बताए ।
नगरपालिकाले पैसा तिर्न सक्ने जति बाट पैसा लिएपछि अन्य तिर्न नसक्ने बाँकी सटरहरूमा पुन भदौ १६ गते टेण्डर खाेलेकाे थियो ।
सुरुमा २०७८ कात्तिक देखि नगरपालिकाले बहुउद्देश्यीय भवन बनाउने हाे सटर खाली गराइदिनुस भन्न थालेको व्यवसायीले बताएका छन् । नगरपालिका बाट पटकपटक चिठी आउँदा दाेकानकाे सामान राख्न समेत नसकिएको उनिहरूकाे गुनासो छ । पछि खाली गर्न नमान्नेहरूकाे २०८० / ९ / २३ गते नगरपालिकाले नैं सटर बन्द गर्न थालेको बताइएको छ । भएको सामान ( कपडा) भित्र थुनेर सटर लगाइदिएपछि हामी घर न घाटकाे भयौं , परिवार पाल्न धाै भयो , व्यवसायीलाई बिचल्ली पारियो अर्का एक व्यापारीले भने । व्यापार गर्न नपाएपछि कहाँबाट पैसा ल्याएर तिर्ने ? नगरपालिकाले आफै सटरमा चावि लाउने अनि ल पैसा ले भन्न सुहाउँछ ? ती व्यापारीले आक्राेसित हुँदै भने । त्यही नसकेर फेरि सटर भाडामा लिन नगएको ती व्यापारीकाे भनाइ छ ।
यता भाडामा लागिरहेको सटर नगरपालिकाकाे आफ्नै बुद्धिले गर्दा झण्डै डेढ बर्ष खाली हुन पुग्दा नगरपालिकालाई ठुलो घाटा लागेको छ । २०७९ मंसिर देखि नगरपालिकाले लखेटेर बिचल्ली भएका सटर नं इ ८ का व्यवसायीले मात्रै अहिलेसम्मकाे भाडा लगातार तिर्दै आएकाे भए ८ लाख ४८ हजार हुन्थ्यो , त्यही हिसाबले अन्य ६ जना व्यवसायीकाे हिसाब जाेड्दापनि आधा करोड बढी पुग्छ , नगरपालिकाकाे अपरिपक्व निर्णयले आफैलाइ यति धेरै नाेक्सानी व्यहोर्नुपरेको छ भने साथै व्यवसायीकाे पनि विचल्लि भएको थियो ।
























