हर्षपुर कप भलिबलको उपाधि नयाँ गाउँ युवा क्लव शुक्लागण्डकि लाई:

हर्षपुर कप भलिबलको उपाधि नयाँ गाउँ युवा क्लव शुक्लागण्डकिले हात पारेको छ । म्याग्दे गाउँपालिका वडा नं ७ स्थित ज्याेति युवा क्लवकाे आयाेजनामा २७ अाैं स्थापना दिवसको अवसर पारि आयाेजित प्रतियोगितामा ढोके युवा क्लब म्याग्दे द्धितिय र कोइदिम युवा क्लब ऋषिङ तृतीय भएका छन् ।

प्रतियोगितामा प्रथम , द्धितिय र तृतीय हुने टिमले क्रमश ३० हजार , २० हजार र १० हजार नगद तथा ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगितामा विजयी टिमलाई कार्यक्रमका प्रमुख अतिथि म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ तथा उपाध्यक्ष बालकृष्ण घिमिरेले पुरस्कार वितरण गरेका थिए ।

कार्यक्रममा म्याग्दे गा.पा. वडा न -७ का अध्यक्ष बसन्त कुमार श्रेष्ठ , म्याग्दे गा.पा.तरुण दलका अध्यक्ष सन्तोस राना , भानुभक्त क्याम्पस स्वबियू सभापति गौरब पन्थ , नेपाल मगर बिद्यार्थी संघ तनहुँका अध्यक्ष बिनिता थापा मगर , लियो क्लब अफ तनहुँका अध्यक्ष बसन्ती थापा मगर , गण्डकी प्रदेश सदस्य २ क ने.क. सदस्य नर बहादुर आले लगायतकाे सहभागीता रहेको थियो । क्लवका अध्यक्ष दुत बहादुर थापा डि वि काे अध्यक्षतामा भएको पुरस्कार वितरण एवम् समापन कार्यक्रममा स्वागत मन्तव्य क्लबका सचिप प्रकाश रानाले र कार्यक्रम संचालन क्लबका पुर्व अध्यक्ष तेज बहादुर रानाले गरेका थिए ।

खेल राष्ट्रकाे पहिचान , पर्यटन प्रवर्द्धन हाम्रो अभियान भन्ने मुल नाराका साथ साविक वडा तथा गाउँ स्तरीय प्रतियोगितामा ३० टिमकाे सहभागीता रहेको क्लवका अध्यक्ष दुतबहादुर थापाले बताए । प्रतियोगिताकाे खेल संयाेजकमा लेखबहादुर आले र सुक बहादुर सिंजालि रहेका थिए । यस्तै प्रतियोगितामा मिडिया पार्टनरकाे रूपमा म्याग्दे अनलाइन रहेको थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page