दमाैलीका चाेकचाेकमा बारमासे लङ्गुरबुर्जा – तर नदेखेको जस्तो गर्छ प्रहरी !

दमाैलीका चाेकचाेकमा बारमासे लङ्गुरबुर्जा – तर नदेखेको जस्तो गर्छ प्रहरी !

तनहुँकाे दमाैली लगायतका विभिन्न स्थानमा स्थानीय युवाहरूले बारमासे लङ्गुरबुर्जा खेलाउँछन् । उक्त लङ्गुरबुर्जामा ठुलो ठुलो रकमको जीतहार हुने गर्दछ । दसैं तिहारमा मात्रै नभइ बारैमास याे खेलमा बिशेषगरि युवाहरू पैसाको बाजी खेलाउँछन् ।

खासगरी उत्तरशीला हल , पुरानो मेनका हल लगायतका चाेकमा ठुला बाजि चल्दै आएका छन् । यी ठाउँ लगायत जिल्लाका विभिन्न ठाउँमा याे खेल दिनदिनै खेल्ने तथा खेलाउने गरेपनि प्रहरीले भने नदेखेको जस्तो गर्दै आएकाे छ । टायमपासकाे रूपमा चाैतारामा किटी खेलेका लाई समातेर कारबाही गरेको प्रहरीले ठुलो दाउ गर्ने लङ्गुरबुर्जालाइ नसमात्नु रहस्यमय छ ।

लङ्गुरबुर्जा खेल्ने चलन विशेष गरी दसैं र तिहारका समयमा आम रूपमा लिइन्छ । तर स्थानीय युवाहरूले मनोरन्जनको नाममा टोलटोलमा बसेर बारैमास यस खेलबाट ठुलो रकम असुल्ने गर्दापनी प्रहरीले नसमाउँदा कतै याे प्रहरी सँगकाे सेटिङमात खेलाइएको छैन ? भन्ने प्रश्न खडा भएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page