आन्तरिक पर्यटकको राेजाइमा सम्जुरकाे चिल्ड्रेन पार्क

आन्तरिक पर्यटकको राेजाइमा सम्जुरकाे चिल्ड्रेन पार्क


तनहुँकाे भानु नगरपालिका वाड न:१३ स्थित सम्जुरमा रहेको चिल्ड्रेन पार्कमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । पछिल्लो समय यहाँको पार्कमा फाेटाे खिच्न तथा टिकटक बनाउन युवायुवतीहरूकाे चहलपहल बढेपछि यहाँको आकर्सण बढेको हाे ।

त्यससँगै स्थानीयले पार्कमा राेटे पिङ हालेपछि पिङ खेल्न मानिसहरू टाढाटाढा बाट आउने गरेको सम्जुरका अर्जुन बानियाँले बताए । पछिल्लो पुस्ताको वेवास्ता र बढ्दो युवा पलायन का कारण गाउँमा पिङ देख्नै मुस्किल भइरहेको समयमा आफूहरुले रोटे पिङ हालेको र त्यसले आकर्षण बढाएको बानियाँले बताए ।

दसैंकाे समयमा देश विदेश बाट मानिसहरू घरमा आउने र त्यसवेला आफ्नाे ठाउँको महत्त्वकाे बारेमा जानकार हुन पाउने अवसर समेत पार्कले बनाएको छ । पार्कबाट टाढा टाढाका मन लाेभ्याउने दृश्यहरू , हरियाली फाँट , कन्दरा देख्न सकिने भएकोले पनि मानिसहरूकाे आकर्सण बढेको हाे ।


यस्तै चण्डीमाइ युवा क्लवले चिल्ड्रेन पार्कमा फाेटाे , भिडियो , टिकटक सबैभन्दा धेरै बनाउने लाई पुरस्कारको समेत व्यवस्था गरेको छ । पुरस्कार पुर्णिामाकाे दिनमा खाेलिने क्लवले जानकारी दिएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page