व्यास नगरपालिकाकाे भवन प्रयाेगमा नआउँदै अस्पतालकाे स्टाेरलाइ , १७ लाख स्वाहा !
व्यास नगरपालिकाले कृषक उत्पादन बिक्री केन्द्रकाे लागि भन्दै व्यास ३ स्थित दमाैली अस्पताल जाने बाटोमा बनाएको भवन प्रयाेग बिहिन हुँदा नगरपालिकाकाे लगानी नैं डुवेकाे छ । नगरपालिकाले उक्त केन्द्र बनाउन ५ वर्ष अगाडि करिब १४ लाख रूपयाँ खर्चेको थियो । तर बने देखीनैँ प्रयाेगमा नआइ बसेकाे उक्त भवनलाइ हाल दमाैली अस्पतालकाे स्टाेरलाइ दिने भनेर ३ लाख थप निकासा भएको पाइएको छ । पहिले लगानी भएको १४ लाख र हालको ३ लाख गरि १७ लाख रूपयाँ नगरपालिकाकाे लगानी बालुवामा पानी सरह भएको छ ।

सुरुका केही दिन हाटबजार राखेको नगरपालिकाले कृषकको सामान बिक्न नसकेर कृषक नैँ डुवेपछी हाटबजारमा काेहिपनी आउन छाेडेका थिए । अहिले त्यही ठाउँलाई अस्पतालकाे स्टाेर बनाउने भन्दै ३ लाख छुट्याए पछि दुईवटा सटर र दुईवटा हल बनाउने भन्दै निर्माण अगाडि बढाइएको छ । नगरपालिकाले त्यहाँको मात्रै नभई खुल्ला चाैरमा चिल्ड्रेन पार्क बनाउनकाे लागि पनि लाखौं रूपयाँ स्वाहा पारेको छ । पार्ककाे लागि भन्दै खुल्ला चाैरकाे बिचमा वाल लगाए पश्चात् अन्य केही पनि काम नहुँदा त्यहाँ लगानी गरिएको लाखौं बजेट पनि स्वाहा भएको हाे ।

























