एसियन कप छनाेटमा जापानले नेपाललाई ९ गाेल हान्याे

एसियन कप छनाेटमा जापानले नेपाललाई ९ गाेल हान्याे
Oplus_0

कतारमा सुरु भएको एएफसी यू–१७ एसियन कप छनोटमा नेपालले जापानको हातबाट ९–२ ले पराजित भएको छ । समूह ‘एफ’ को बुधबार भएको खेलमा नेपालले सुरुआती अग्रता लिएपछि जापानले एकपछि अर्को गोल गरेको हो ।

हमद बिन खलिफका स्टेडियममा नेपालका लागि सबिन कुमार मगरले १२ औं मिनेटमा गोल गरे । त्यसपछि अर्को गोल ८८ औं मिनेटमा सम्भव भएको थियो र त्यो विज्ञान खड्काको नाममा रह्यो ।

अब नेपालले शुक्रबारको खेलमा कतारको सामना गर्नेछ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page