नवकप फुटबलको सेमिफाइनलमा आज दाेभान र फ्रेन्डसीप युवा क्लव भिड्ने
नवयुवा क्लव द्वारा आयाेजित नवकप तनहुँ च्याम्पियनसिप फुटबल प्रतियोगिताकाे सेमिफाइनल खेल आज हुने भएको छ । आज हुने सेमिफाइनलमा दाेभान युवा क्लव र फ्रेन्डसिप युवा क्लव बिच हुने बताइएको छ ।
यस अघि बिहीबार भएको क्वाटरफाइनल खेलमा भिवाइसी र सेभेन स्टार बिजय भएका थिए । भिवाइसीले पतेनी युवा क्लवलाइ २-० तथा सेभेन स्टारले हैरान्स युवा क्लबलाई १-० ले पराजित गरेका थिए ।
प्रतियोगितामा प्रथम र द्धितिय हुने टिमलाई क्रमशः १ लाख ५० हजार ८१ रूपयाँ र ७५ हजार ८१ रूपया नगदका साथै मेडल , ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै प्रतियोगिताकाे उत्कृष्ट खेलाडीलाई माउन्टेन साइकल उपलब्ध गराइने क्लवले जनाएको छ ।

























