म्याग्दे काङ्ग्रेस द्वारा अग्रजलाइ सम्मान र युवालाई सिपमुलक तालिम !

म्याग्दे काङ्ग्रेस द्वारा अग्रजलाइ सम्मान र युवालाई सिपमुलक तालिम !

नेपाली काङ्ग्रेस म्याग्देले आइतबार बृहत् आम भेला गरेको छ । भेलाकाे कार्यक्रमका प्रमुख अतिथि नेपाली काङ्ग्रेस तनहुँका उपसभापति राजेन्द्र कृष्ण श्रेष्ठले सुभारम्भ गर्दै जेष्ठ नागरिकहरू पार्टीको गहना भएको बताए । म्याग्दे गाउँकार्यसमितिले अग्रजहरू लाई सम्मान तथा युवालाई सिपमुलक तालिम दिने गरि गरेको कार्यक्रम अत्यन्तै राम्रो रहेको श्रेष्ठले बताए ।

“बिगतको समिक्षा, वर्तमानको लेखाजोखा र भबिस्यको कार्यदिशा ,अग्रजलाई सम्मान, युवालाई सिपमुलक तालिमका लागी आव्हान” भन्ने भनाईका साथ काँग्रेस म्याग्दे गाउँकार्यसमितीले बृहत आम भेला कार्यक्रम गरेको थियो । कार्यक्रममा अग्रजहरूलाई सम्मान गरिएको थियो भने युवा हरुलाई सिपमुलाक कार्यक्रम मा फारम भर्ने काम गरिएको थियो ।

फाराम भरेका युवाहरूलाई १२ गते बिहान ७ बजे बाट ९: ३० बजे सम्म करिब ५ दिन सार्बजनिक भासण ,उद्घोसण कला ,डिजिटल मार्केटिङ, भिडियो सम्पादन लगायतका बिधामा ५० जनाले तालिम लिने काङ्ग्रेस म्याग्देका सभापति रामभक्त घिमिरेले बताए ।

यस्तै प्लम्बिंग र विधुतीय तालिममा १० जना युवा रहेका र यो तालिम तिहार पछी संचालन गरिने सभापति घिमिरेले जानकारी दिए ।

म्याग्दे गाउँकार्यसमिति सभापति रामभक्त घिमिरेको सभापतित्वमा भएको कार्यक्रममा पार्टी उपसभापति देवकुमार श्रेष्ठ , सचिव सहदेव अधिकारी , महासमिति सदस्य मायादेवी राना , क्षेत्रीय उपसभापति चुडामणि खनाल , प्रदेश सभापति जीतराज राना , जिल्ला सदस्यहरू हुत्तमणी अधिकारी , मीन बहादुर चदाराे , भीमकुमारी आले , उपसभापति पुष्पराज खनाल , सचिव गाैरब राज राना लगायतले बाेलेकाे सहसचिव श्रीभद्र आचार्यले बताए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page