नवकप फुटबलको उपाधि दाेभान युवा क्लव भादगाउँलाइ

नवकप फुटबलको उपाधि दाेभान युवा क्लव भादगाउँलाइ

नवयुवा क्लव द्वारा आयाेजित नवकप तनहुँ च्याम्पियनसिप फुटबल प्रतियोगिताकाे उपाधि दाेभान युवा क्लव भादगाउँले जितेको छ । आइतबार व्यास १ स्थित निर्मल माविको खेलमैदानमा भएको फाइनल खेलमा सेभेन स्टार डुम्रे लाई ०-३ गाेल अन्तरले पराजित गर्दै दाेभानले उपाधि हात पारेको हाे । उपाधि जितेको दाेभानले १ लाख ५० हजार ८१ रूपयाँ नगदका साथै ट्रफी , मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

यस्तै द्धितीय भएको सेभेन स्टारले ७५ हजार ८१ रूपया नगदका साथै मेडल , ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै प्रतियोगिताकाे उत्कृष्ट खेलाडी दाेभानका दिपक थापाले माउन्टेन साइकल प्राप्त गरेका छन् । कात्तिक ६ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा ९ वटा टिमको सहभागीता रहेको थियो।
प्रतियोगिताकाे प्रमुख अतिथिकाे रूपमा पुर्व मन्त्री एवम् सांसद संकर भण्डारी रहेका थिए ।

क्लवका अध्यक्ष दुर्गा रानाभाटकाे अध्यक्षतामा भएको
पुरस्कार वितरण कार्यक्रममा शिक्षक संघ तनहुँका अध्यक्ष रमेश बाबु भट्टराई , सनम तामाङ , हरि खनाल लगायतको उपस्थिति रहेको थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page