साँढे २३ करोडकाे दमाैली सभाहल उद्घाटन भएको १३ महिना सम्म अलपत्र

साँढे २३ करोडकाे दमाैली सभाहल उद्घाटन भएको १३ महिना सम्म अलपत्र


२३ करोड ६२ लाख ४३ हजार ३ सय ३१ रूपयाँ लागतको दमाैली सभाहल उद्घाटन भएको १३ महिना हुँदा सम्म पनि सञ्चालनमा आउन नसकी अलपत्र परेको छ । राष्ट्रपति रामचन्द्र पाैडेलले २०८० साल असाेज ६ गते उद्घाटन गरेका सभाहल सम्पन्न भए पनि कसलाई हस्तान्तरण गर्ने भन्ने बिषयले अल्झिरहेकाे छ । शहरी बिकास मन्त्रालयले जिल्ला समन्वयलाई हस्तान्तरण हुन नसकेको भनिएपनी यसको मुख्य जड अर्कै रहेको बुझिएको छ ।
डाँफे एमए प्रतिष्ठा जेभी काठमाडौं द्वारा निर्माण गरिएको सभाहल सम्पन्न भए पनि स्वामित्व हस्तान्तरण हुन नसक्दा प्रयाेगमा आउन नसकेको जिल्ला समन्वय तनहुँले बताएको छ । सभाहलकाे सञ्चालन कार्यविधि र मापदण्ड बनाउन बाँकी रहेकोले हस्तान्तरण हुन नसकेको समन्वयको दावी छ ।


समन्वयले त्यो दावी गरिरहँदा यता सभाहल कसले लिने भनेर भागाभाग भएको बुझिएको छ । कार्यक्रमनै नगर्दा हाल समन्वयमा बिजुलीको पैसा मासिक ३२ हजार आएकाे छ । खाली हलमा ३२ हजार बिल उठ्दा कार्यक्रम सुरु हुन थालेपछि लाख भन्दा बढी बिल आउने निश्चित छ । यस्तै सेक्युरिटी गार्ड , इलेक्ट्रीयन्स सहित अन्य कर्मचारी , पानी लगायतको पैसा मासिक २ लाख भन्दा माथि उठ्ने अनुमान छ ।

यस्तो अवस्थामा ७ सय ५० क्षमताको सभाहलमा कति कार्यक्रम आउछन् र कति चल्छ भन्ने शंका छ । यस्तो अवस्थामा याे ठुलो बाेझकाे जिम्मेवारी कसले लिने भन्नेमा चिन्ता छ । अझै एकथरीले त यहाँको सभाहल देखेर अन्यत्रका मानिसको पनि साताे गएकाे भन्दै गर्नै नहुने काममा हात हालेको अहिले महशुस भएको बताएका छन् । सभाहल करिब ८/१० लाखको बनाएर अन्य रकम अस्पतालमा खर्च गरेर ५० शैयाकाे दमाैली अस्पताल बनाउन पाएको भए तनहुँ बासीकाे सपना पूरा हुने उनीहरूकाे भनाइ छ ।

यता निर्माण कम्पनीले भने सभाहल छिटो बुझिदीन अनुरोध गरिरहेको छ । सभाहलकाे हस्तान्तरण हुन नसक्दा अहिले भइरहेको मासिक खर्च उसैले बेहाेर्न परिरहेको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page