तमु गुरुङ विद्यार्थी छोँज धीँको महाधिवेशन उद्घाटन गर्न सञ्चारमन्त्री गुरूङ भाेली दमाैली आउने

तमु गुरुङ विद्यार्थी छोँज धीँको महाधिवेशन उद्घाटन गर्न सञ्चारमन्त्री गुरूङ भाेली दमाैली आउने

नेपाल तमु गुरुङ विद्यार्थी छोँज धीँको १२ औ राष्ट्रिय महाधिवेशन उद्घाटन कार्यक्रममा सञ्चार तथा सुचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङ दमौली आउने भएका छन् । कार्तिक २४ गते सनिवार देखि २६ गते सम्म गरि तीन दिन चल्ने महाधिवेशनकाे प्रमुख अतिथिको रूपमा गुरूङ आउन लागेका हुन् ।
उक्त कार्यक्रममा देशभरि बाट विद्यार्थी एक हजार पाँच सय र पर्यवेक्षक पाँच सय गरी दुई हजारको हाराहारीमा विद्यार्थीको सहभागिता हुने समितिका अध्यक्ष विश्वराज तमूले जानकारी दिए ।
कार्तिक २४ गते बिहान विभिन्न साँस्कृतिक झाँकी,जातिय भेषभूषामा सजिएर कौडा,चुट्का सहितको र्यालीले दमौली बजार परिक्रमा गरी कार्यक्रममा सहभागि हुने आयाेजकले बताएको छ ।

संम्पूर्ण तमू विद्यार्थीहरुको हक,हित तथा अधिकार संरक्षण र सम्बद्र्धन गर्ने उद्धेश्यले विसं २०५२ साल माघ २६ गते तमु छोँज धीँ स्थापना गरिएको थियो । तमु विद्यार्थी छोँज धीँले सोही बर्ष प्रथम राष्ट्रिय सम्मेलन बुटवलमा सम्पन्न गरेको थियो ।

 
नेपाल बहुजातिय,बहुभाषिक,बहुधार्मिक र बहुसाँस्कृति देश भएकाले उपेक्षित र उत्पीडित अवस्थामा रहेका आदिवासी जनजातिमध्ये गुरुङ समुदाय पनि एक भएकाले जातिय उत्थानका लागि तमु विद्यार्थी छोँज धीँ स्थापना भएको तमु ह्युल छोँज धीँ गुरुङ राष्ट्रिय परिषदका केन्द्रिय सदस्य रगबहादुर गुरुङले बताए ।


जातिय स्वशासन,राजनैतिक, शैक्षिक,सामाजिक,आर्थिक प्रशासनिक पहुँचका साथै समतामूलक समाज व्यवस्था,जातीय तथा शैक्षिक चेतना माथि उठाई नेतृत्व विकास गर्दै तमु जातिको मुक्तिका लागि तमू विद्यार्थीको भूमिका महत्वपूर्ण रहेको उनले बताए ।  

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page