तनहुँकाे व्यासमा ट्रयाक खुलेको ३१ वर्षपछि पिच !

तनहुँकाे व्यासमा ट्रयाक खुलेको ३१ वर्षपछि पिच !

तनहुँकाे व्यास नगरपालिका स्थित बागेश्वरी मोटर मार्ग ट्रयाक खुलेको ३१ वर्षपछि पिच भएको छ । माेटर मार्गका अध्यक्ष विवेक भट्टराईका अनुसार संघीय सरकारको ४ करोड बजेटमा शेरा कोलगैरा खण्डमा पशुपति ढुंगा कटिङ सम्म लगभग साँढे ८ सय मिटर सडक कालोपत्र सप्पन्न भएको छ ।

कालोपत्र सँगै ग्याविङ जाली , मेशिनरी वाल , कल्भर्ट बनाउने देखि बाटो फराकिलो बनाउने सम्मको काम भइरहेको अध्यक्ष भट्टराईले जानकारी दिए । १ वर्ष अगाडि देखि सुरु भएको कामको याेजना अनुसार सबै सम्पन्न गर्न अब केही बाँकी रहेको र त्याे पूरा गर्न ६ महिना जति लाग्ने समेत उनलेे बताए ।

पशुपति कन्ट्रक्सन प्रालिका संचालक बिकास रेग्मिको टिमले उक्त कामकाे जिम्मेवारी अनुसार समयमै गुणस्तरीय काम गरेको भन्दै भट्टराईले बजेट ल्याउनमा काङ्ग्रेस नेता गाेबिन्द भट्टराईकाे महत्त्वपूर्ण भुमिका रहेको बताए ।

फाेटाे रमेश आचार्य

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page