सिकाइ पद्धतिमा अब्बल देखिएको ज्ञानबाटीका मन्टेश्वरी

सिकाइ पद्धतिमा अब्बल देखिएको ज्ञानबाटीका मन्टेश्वरी


व्यास नगरपालिका वडा नं ३ दमाैलीमा रहेको ज्ञानबाटीका मन्टेश्वरी सिकाइ पद्धतिमा अब्बल देखिएको छ । पढ्ने र पढाउने भन्दा पनि सिक्ने र सिकाउने शिक्षण विधि अपनाएको ज्ञानबाटीका मन्टेश्वरीमा बालबालिकाकाे बालमनाेबिज्ञानलाई मध्यनजर गरी सिकाउने गरिन्छ ।

घोकन्ते र परम्परागत शिक्षण पद्धतिको सट्टा मन्टेश्वरीमा आधुनिक, प्रविधियुक्त र बालमनोविज्ञानलाई मध्यनजर गरी बालबालिकाको सिकाइ क्षमता विकास गरिने सञ्चालक कमला पाैडेलले बताइन् ।

विद्यालय स्तरको पढाइ सुरु हुनुभन्दा पहिले बालबालिकालाई सिकाउन अपनाइएको उक्त मन्टेश्वरी सिकाइले बालबालिकामा बौद्धिक, सामाजिक र मनोवैज्ञानिक विकासमा सहयोग पुर्‍याउने पाैडेलले जानकारी दिइन् । बालबालिकाको रुचि र चाहना अनुसार सिकाएर उनीहरुलाई पढाइप्रति आकर्षित गर्ने परम्परा र आधुनिक विधि पद्धतिबाट सिकाइ गरिने भएका कारण अहिले ज्ञानबाटिका धेरैकाे राेजाइमा परेको मात्रै नभइ यसमा अभिभावकको आकर्षण समेत बढ्दो छ ।
पहिलोपटक छाेरालाइ ज्ञानबाटिकामा भर्ना गरेकी एक अभिभावक सीता पाैडेलले छाेटाे समयमै बाबुमा धेरै कुरामा परिवर्तन आएकाे बताइन् । अनुशासनमा बस्ने , व्यक्तित्व बिकास र अन्य दैनिक व्यवहारमा परिवर्तन पाएकाे उनलेे बताइन् । ज्ञानबाटिकाले जवरजस्ती भन्दापनी स्वस्फूर्त रूपमा बालबालिकालाई पढाइमा लगाउने गरेको पाएकाे पाैडेलकाे भनाइ थियो ।

मन्टेश्वरीमा बालबालिकालाई किताब पढाउनुको साटो खेलकुद तथा अन्य सामग्रीको माध्यमबाट उनीहरुलाई विभिन्न ज्ञान तथा सीप सिकाइने गरेको पाएको अर्की अभिभावक बिस्णु खनालले बताइन् । बालबालिकामा पढ्ने बानीको विकास गराइनुका साथै कक्षाकोठाको व्यवस्थापन, शिक्षण सामाग्रीदेखि शिक्षकको क्षमता र दक्षताका कारण बालबालिकाको सिकाइ प्रभावकारी भएका कारण बालबालिकामा आत्मविश्वास बढेको र परिवर्तित समाज एवं अन्य व्यक्तिप्रति सकारात्मक सोचको विकास भएको अभिभावक खनालकाे भनाइ छ ।
बालबालिकाको क्षमता पहिचान गरी सोही अनुसार उसलाई अगाडि बढाउने प्रयास बिद्यालयले गरिरहेकाे छ । साथै सामाजिक र व्यावहारिक मूल्य मान्यता अनुसार व्यावहारिक ज्ञान प्रदान गरी असल नागरिक बनाउने आधार खडा गर्नेगरी मन्टेश्वरी शिक्षा दिने गरिएको ज्ञानबाटिका प्रिन्सिपल दिलु थापाले बताइन् ।
पठन सामग्रीका साथ बालबालिकाले हेरेर, सुनेर, चाखेर, छोएर र सुँघेर सिक्ने गर्छन् । यसका लागि उनीहरुलाई समय दिनुपर्छ । उनीहरुको इच्छा अनुसारका क्रियाकलाप गर्न दिनुपर्छ प्रिन्सिपल थापाले भनिन् ।

मन्टेश्वरी सामग्री देखाएर, छोएर, सुँघेर, खेलेर, स्पर्श गरेर सिकाउँदा बालबालिकालाई सिक्न समय लागे पनि उक्त सिकाइले बालबालिकाको सिकाइमा दीर्घकालीन प्रभाव पार्नुका साथै उनीहरुलाई सामाजिक हुन सिकाउने प्रिन्सिपल थापाको तर्क छ ।बालबालिकाले खेल्दै, चल्दै, दौडिंदै विभिन्न किसिमका जीवनोपयोगी शिक्षा तथा व्यवहार सिक्न सक्ने प्रयोगशालाकाे रूपमा ज्ञानबाटिका मन्टेश्वरी स्कुल रहेको अर्की सञ्चालक माेती थापाले बताइन् । ससाना बाबुनानिलाइ विभिन्न चाडपर्व अनुसार संस्कार र संस्कृति सिकाउने गरिएको समेत सञ्चालक थापाले जानकारी दिइन् ।

बालबालिकालाई मन्टेश्वरी विधि र पद्धतिबाट सिकाउने स्थानलाई प्रि-स्कुल पनि भनिन्छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page