म्याग्दे गाउँपालिका माध्यमिक तह स्तरीय निबन्ध प्रतियोगितामा राधा माविका पण्डित प्रथम

म्याग्दे गाउँपालिका माध्यमिक तह स्तरीय निबन्ध प्रतियोगितामा राधा माविका पण्डित प्रथम

म्याग्दे गाउँपालिकाले माध्यमिक तह स्तरीय निबन्ध लेखन प्रतियाेगिता सम्पन्न गरेकाे छ। बुधबार सम्पन्न प्रतियोगितामा राधा माविका प्रवेश पण्डित प्रथम भएका छन् । यस्तै प्रतियोगितामा द्वितिय: पर्वत श्रेष्ठ – मीन मा वि र तृतिय: दिय श्रेष्ठ – मिन मा वि भएका छन् ।

प्रतियोगितामा राधा माविकै अङ्किता रानाभाट सान्त्वना भएका छन् । प्रतियोगितामा विजयी बिद्यार्थीहरूलाइ म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ , शिक्षा शाखा प्रमुख विष्णु केसी लगायतले पुरस्कार प्रदान गरेका थिए ।
प्रतियाेगितामा उत्कृष्ट विद्यार्थीलाई प्रदेश स्तरीय निबन्ध लेखन प्रतियाेगितामा म्याग्देकाे प्रतिनिधित्व गराउने म्याग्दे गाउँपालिकाले जनाएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page