सिद्धिविक्रम शाह सहित आठ एसएसपी डिआइजीमा बढुवा

सिद्धिविक्रम शाह सहित आठ एसएसपी डिआइजीमा बढुवा

नेपाल प्रहरीका आठ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी नायब महानिरीक्षक (डिआइजी) मा बढुवाका लागि सिफारिस गरिएको छ ।


आइतबार बसेको गृहमन्त्रालय, बढुवा समितिको सचिवालयको बैठकले प्रहरीका आठ एसएसपीलाई डिआइजीमा बढुवाका लागि सिफारिस गरिएको हो । बढुवा सिफारिस हुने एसएसपीहरूमा सिद्धिविक्रम शाह सहित ध्रुवराज राउत, भोलाबहादुर रावल, गणेश चन्द, सुशीलसिंह राठौर, उमाप्रसाद चर्तुवेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विक रहेका छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page