सुमितलाई व्यास नगर जेसीजकाे अध्यक्ष नदिन पुर्व अध्यक्षहरूकाे चलखेल
व्यास नगर जेसीजकाे अधिवेशन नजिकिँदै जाँदा अध्यक्ष काे बन्ने भन्ने चलखेल सुरु भएको छ । यही मंसिरमा २०२४ का अध्यक्ष नवीन पुरीकाे कार्यकाल सकिने भए पछि नयाँ अध्यक्षकाे लागि चलखेल सुरु भएको हाे ।

यद्यपि २०२५ काे लागि सुमित ढुंगानालाई अध्यक्ष दिने माैखीक सहमति गराइ नवीन पुरीलाई २०२४ काे सर्वसम्मत अध्यक्ष बनाइएको बताइएको छ । तर अहिले अधिवेशन नजिकिँदै जाँदा केही पुर्व अध्यक्षहरूले चलखेल गरी दाेस्राे व्यक्तिलाई उम्मेदवार बनाउन लागिपरेका एक पदाधिकारी सदस्यले बताए ।

























