शिवपाञ्चायन माविमा खानेपानी तथा सरसफाइ तालिम सम्पन्न
व्यास नगरपालिका वडा नं ३ स्थित श्री शिव पाञ्चायन मा.वि.का विद्यार्थीहरुलाई खानेपानी ,स्वाथ्य तथा सरसफाइ सम्बन्धी तालिम प्रदान गरिएको छ ।

स्मार्ट पानी प्रा लि का प्रतिनिधि इन्जिनियर शैलेश कापरीद्धारा संञ्चालित तालिममा कक्षा ६ देखि ९ का विद्यार्थीहरु सहभागी भएको विद्यालयका स.प्र.अ हेमलाल घिमिरेले बताए । कार्यक्रममा सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघका अध्यक्ष विष्णु भक्त न्यौपाने, विद्यालयका प्र.अ बलराम वाग्ले लगायतको सहभागिता रहेको थियो ।
दमाैली खानेपानी संस्था एवम् सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ तनहुँकाे समन्वयमा स्मार्ट पानी लिमिटेडले यस बिद्यालयमा शुद्ध खानेपानी जडान गरेको थियो ।

























