भिमादमा इलाका प्रशासन कार्यालय माग गर्दै तनहुँका नेताहरूले भेटे गृहमन्त्री !

भिमादमा इलाका प्रशासन कार्यालय माग गर्दै तनहुँका नेताहरूले भेटे गृहमन्त्री !


तनहुँकाे भिमादमा इलाका प्रशासन कार्यालय माग गर्दै तनहुँका नेताहरूले गृहमन्त्री रमेश लेखकलाई भेट गरेका छन् । इलाका प्रशासन देखि तनहुँकाे पश्चिमी भेगका जनताको समस्याहरूकाे बारेमा जानकारी गराउन तनहुँका ठुला दलका नेताहरू गृहमन्त्री लेखकलाई भेट्न काठमाडौं पुगेका थिए ।

प्रतिनिधि सभा सदस्य शंकर भण्डारीको नेतृत्वमा पश्चिम तनहुँका जनप्रतिनिधि एंव राजनीतिक दलका प्रमुखहरूको प्रतिनिधि मण्डलले संघीय सरकारका गृह मंत्री रमेश लेखकलाई भेटेकाे सहभागी नेपाली काङ्ग्रेसका नेता ध्रुव वाग्लेले बताए ।
तनहुँ जिल्लाका पश्चिम भेगका जनताको समस्यालाई मध्यनजर गरी भिमादमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने लगायतका अन्य धेरै समस्याहरूको विषयमा छलफल भयो। भेटमा सहभागी वाग्लेले भने । यस सम्बन्धमा गृहमन्त्री ज्यु अत्यन्तै सकारात्मक हुनुहुन्छ वाग्लेले भेटका बारेमा तनहुँ प्रेसलाई टेलिफोनमा बताए ।
उक्त प्रतिनिधि मण्डलमा संविधान सभा सदस्य टुकराज सिग्देल,ध्रुव वाग्ले, जीत प्रकाश आले,भिमाद नगर प्रमुख दधीराज सुवेदी, ऋषिङ गापा अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ, घिरिङ गापा अध्यक्ष होम बहादुर थापा,एमाले जिल्ला कमिटी अध्यक्ष हरि राज कंडेल,पुष्प पराजुली लगायतका जनप्रतिनिधि,नेता तथा कार्यकर्ता हरुको उपस्थिती रहेको बताइएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page