दुरा परिवार द्वारा समता बिद्यालयका बिद्यार्थीलाई न्यानो कपडा वितरण

दुरा परिवार द्वारा समता बिद्यालयका बिद्यार्थीलाई न्यानो कपडा वितरण


व्यास ११ निवासी स्वर्गीय विष्णुमाया दुराको वार्षिक पुण्य तिथिमा उनका श्रीमान मनबहादुर दुरा, छोराहरू कृष्णबहादुर दुरा, सुमिन्द्र दुरा लगायत परिवारको तर्फबाट समता विद्यालयका बिद्यार्थीहरूलाइ न्यानो कपडा वितरण गरिएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सतीश चन्द्र न्यौपानेको अध्यक्षतामा भएको सहयोग कार्यक्रममा न्यानो कपडा, जुत्ता मोजा र टोपी वितरण गरिएको थियो । उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू शिक्षक तथा कर्मचारी, दुरा परिवारका अन्य सदस्यहरू तथा विद्यालयका विद्यार्थीहरूको उपस्थिति रहेको थियो । उक्त अवसरमा विद्यालयमा अध्ययनरत ५५ जना बालबालिकाहरूलाई करिब रु ५० हजार बराबर को न्यानो कपडा, जुत्ता मोजा, टोपी र खाजा व्यवस्थापन तथा सहयोग गरिएको बताइएको छ ।

व्यासनगर समता विद्यालयले सहयोगी दुरा परिवारलाई धन्यवाद दिएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page