आदिकवि भानुभक्त क्याम्पसमा व्यवस्थापन विद्यार्थी सर्कलकाे हाजिरीजवाफ प्रतियोगिता सम्पन्न
व्यास नगरपालिका वडा –१ विज्ञानचौरमा अवस्थित आदिकवि भानुभक्त क्याम्पसमा गठित “व्यवस्थापन विद्यार्थी सर्कल”द्वारा अन्तर सङ्काय स्तरीय हाजिरीजवाफ प्रतियोगिता शुक्रबार क्याम्पस सभाहलमा सम्पन्न भएको छ ।

प्रतियोगितामा सबै विद्यार्थी विषयगत क्लवबाट सात वटा समुहको सहभागीता रहेकाे थियो । सहभागी मध्ये बाट प्रतियोगितामा व्यवस्थापन विद्यार्थी सर्कलका आशिष पौडेल, विपिसा वि.क. र मनिषा आले समुहले प्रथम पुरस्कार प्राप्त गरेका छन् ।यस्तै द्वितीय हुने एबीसी विज्ञान क्ल्बका यमन सिं थापा, सुधा थापा र प्रमिला अधिकारी र तृतीय हुने विविए विद्यार्थी कल्वडका बाट अनुपा गिरी सदिक्षा अधिकारी र सुमित वाग्ले रहेका छन् । बिजेताहरूलाइ क्याम्पस प्रमुख महाप्रसाद हड्खले, पूर्व क्याम्पस प्रमुख श्रीकृष्ण न्यौपाने, व्यवस्थापन विभागका प्रमुख रामभक्त घिमिरे र उपप्रध्यापक एवं कार्यक्रमका QUIZ MASTER जनक काफ्ले लगायतले पुरस्कार र प्रमाण पत्र प्रदान गरेका थिए ।
सर्कलका अध्यक्ष अंकित तिवारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सर्कलका प्रमुख संरक्षक एवं क्याम्पस प्रमुख महाप्रसाद हड्खले , सहायक क्याम्पस प्रमुख डा.रामकुमार अधिकारी, पूर्व क्याम्पस प्रमुख श्री कृष्ण न्यौपाने, व्यवस्थापन विभाग प्रमुख रामभक्त घिमिरे, अंगेजी विभाग प्रमुख बसन्त कडेल, विज्ञान विभाग प्रमुख राजन घिमिरे, मानविकि विभाग प्रमुख विमल गिरी, उपप्रध्यापक कार्यक्रमका QUIZ MASTER जनक काफ्ले, प्रध्यापक तथा कर्मचारी , क्याम्पसका स्ववियु पदाधिकारी तथा सदस्यहरु, विभिन्न विद्यार्थी क्ल्बका अध्यक्ष तथा प्रतिनिधिहरु लगायतको सहभागीता रहेको थियो । सो कार्यक्रमको संचालन सर्कल सचिव सविना अधिकारीले गरेकी थिइन् भने स्वागत द्धितिय उपाध्यक्ष नविन ढकालले गरेका थिए ।

























