छाब्दी बराही आधारभूत विद्यालयका ४० बालबालिकालाई न्यानो कपडा वितरण

छाब्दी बराही आधारभूत विद्यालयका ४० बालबालिकालाई न्यानो कपडा वितरण

व्यास १२ स्थित छाब्दी बाराही आधारभूत विद्यालयका ४० जना बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ। नेकपा एकीकृत समाजवादी पार्टीकी केन्द्रीय सदस्य एवम् तनहुँ जिल्ला इन्चार्ज तथा निवर्तमान संघीय सांसद कलीला खानको सक्रियतामा ज़ायद चैरिटी ह्यूमैनिटेरियन फाउण्डेशनको सहयोगमा न्यानो कपडा वितरण गरिएको हो।

कार्यक्रममा नेकपा एसका जिल्ला कमिटी सदस्य हबीब खानले बालबालिकालाई न्यानो कपडा वितरण गरे। चिसो मौसममा बालबालिकाको स्वास्थ्य र सुरक्षा सुनिश्चित गर्ने लक्ष्यका साथ न्यानो कपडा वितरण गरिएको उनले बताए।

कार्यक्रममा बालबालिकालाई एक थान ज्याकेट, एक थान स्वेटर, एक थान थर्मकोट, एक थान टोपी, एक थान गलाबन्दी, एक जोर पन्जा, एक जोर मोजा र एक थान सानो कम्बलसहितका सामग्री वितरण गरिएको थियो।

विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष गजेन्द्रराज पन्थले आयोजक संस्थाले गरेको सहयोगप्रति आभार व्यक्त गर्दै यस्तो सहयोगले ग्रामीण क्षेत्रका बालबालिकाको जीवनमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page