राजनीतिक प्रतिशाेधका आधारमा रास्वपा सभापति लामिछानेलाई हिरासतमा राखियो – वाग्ले

राजनीतिक प्रतिशाेधका आधारमा रास्वपा सभापति लामिछानेलाई हिरासतमा राखियो – वाग्ले

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्लेले पार्टी सभापति रवि लामिछानेलाई राजनैतिक प्रतिशोधका आधारमा अनावश्यक हिरासतमा राखिएको वताएका छन् । हिरासतमा राख्नका लागि निश्चित आधार हुन्छ, त्यो हो, प्रमाण नष्ट गर्छ कि गर्देन, देश छाडेर भाग्छ कि भाग्दैन, हिराशत वाहिर रहँदा थप अपराध गर्दछ कि गर्देन । यो आधारहरु कतै पनि पुष्टि नभई अनुसन्धानका लागी राख्नु भनेको पुर्वाग्रह मात्र हो, वाग्लेले भने ।
उपसभापति वाग्लेले सनिवार दमाैलीमा सम्पन्न रास्वपाकाे जिल्ला भेलालाई सम्बाेधन गर्दै उक्त कुरा बताएका हुन् । उपसभापति वाग्लेले
देशको चाैंथाे ठुलो राजनैतिक दलको सभापतिले माथिका आधारहरु केहि पनि उल्लंघन गर्देन, त्यसैले रविलाई हिरासतमा लिएर अनुसन्धान गर्नु भनेको राजनैतिक पुर्वाग्रह मात्र हो ।

उपप्रधान तथा गृहमन्त्री भईसकेको व्यक्ति, भविश्यमा प्रधानमन्त्री हुने सम्भावना वोकेको व्यक्तिले माथिको आधार कुनै पनि उल्लंघन गर्देन । यति धेरै प्रष्ट हुदाँ हुदै पनि विभिन्न नाममा दुख दिने काम भनेको राज्यको ज्यादती मात्र हो, उनले भने ।
समान प्रकृतिको मुद्धामा अन्य राजनैतिक दलका नेता कार्यकर्ताहरुलाई राज्यले सोधपुछ सम्म नगर्ने तर रवि लामिछानेलाई दुख दिने नियत भनेको नयाँ शक्तिलाई निमिट्यान्न पार्ने उद्येश्य मात्र हो । राज्यले अनुसन्धान गर्न सक्दछ, हामीले अनुसन्धान नगरौ भनेको छैनौ, लोकतन्त्रमा सवैलाई समान दृष्टिले हेर्नुपर्दछ, वाग्लेले भने ।

एक अर्को प्रसङ्गमा डा. वाग्लेले प्रधानमन्त्रीको आसन्न चीन भ्रमणका क्रममा नेपालले चीनबाट अधिकतम लाभ लिन सक्नुपर्ने बताए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page