भानु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पाैडेलकाे देवचुली नगरपालिका सरूवा
तनहुँकाे भानु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिवाकर पाैडेलकाे नवलपरासी स्थित देवचुली नगरपालिका सरुवा भएकाे छ । १८ महिना अघि लमजुङको सुन्दरबजार नगरपालिकाबाट सरुवा भै आएका पाैडलकाे देवचुली नगरपालिकामा सरुवा भएकाे हाे ।

पाैडेललाई आईतबार एक कार्यक्रमका बीच फेरि भेटाैंला कार्यक्रम गरि विदाई गरिएकाे छ । कार्यक्रममा नगर प्रमुख आनन्दराज त्रिपाठीले प्रमुख प्रशासकीय पाैडेलले नागरिकको मन जित्ने गरी काम गरेर एक उत्कृष्ट राष्ट्रसेवक हुुन सफल हुनु भएकाे भन्दै आगामी कार्यकालकाे शुभकामना ब्यक्त गरेका थिए । नगर उप-प्रमुख उमा गाेतामेले नागरिककाे सेवा प्रवाह , कर्मचारीकाे जनशक्ति ब्यवस्थापन , कार्य सम्पादन लगाएतका विषयमा एक अब्बल र परिपक्वताकाे हिसाबले पनि नगरपालिकाले सदैव उच्च मूल्यांकन गर्ने बताइन् ।

साे अवसरमा प्रमुख प्रशासकीय अधिकृत पाैडेलले आफू भानु नगरपालिकामा बसेर लामाे समय काम गर्न पाउँदा अत्यन्तै खुशी लागेकाे भन्दै सबैकाे सहयोगले काम गर्न सहज भएको बताए । उनलेे साथ र सहयोग गर्ने सबै प्रति धन्यवाद ज्ञापन गरेका थिए । वरिष्ठ प्रशासकीय अधिकृत सुनिल पाण्डेले कार्यक्रमकाे सहजिकरण गरेका थिए ।
























