तनहुँमा गाेरू तस्करीको बिगबिगी , मध्यरातमा ओसारपसार !
तनहुँमा गाेरू तस्करीको बिगबिगी बढेको पाइएको छ । तस्करहरूले मध्यरातमा गाडीमा हालेर गाेरू ओसारपसार गर्ने गरेको पाइएको हाे ।

खासगरी व्यास नगरपालिकाकाे वार्हबिसे , मादीवेसी , रातामाटा लगायतका ठाउँबाट तस्करहरूले गाडीमा हालेर गाेरू लाँदै गर्दा व्यास ५ मा रहेको आदर्श युवा क्लवका युवाहरूले थाहा पाई नियन्त्रणमा लिए पछि यसको पर्दाफास भएको हाे ।

आदर्शका काेशाध्यक्ष रामकुमार श्रेष्ठका अनुसार क्लवका युवाहरूले बा २१ च ८९२८ नम्बरको गाडीमा राखी लाँदै गरेको ६ वटा गाेरू लाई राति ११.३० बजे पतेनिमा समातेका थिए । साँगे तिरका केही साथीहरूले यता गाउँमा गाेरू तस्करले गाेरू रातिराती सप्लाइ गर्छन् हामीले राेक्न सकेनौं , त्यहाँ राेक्नपर्याे भनेर गाेप्य सुचना गरेपछि क्लवका युवाहरू जम्मा भइ समातेको श्रेष्ठले जानकारी दिए ।
कागजात केही छैन , आधिकारीक मान्छे काेही छैन , गाडीको स्टाफलाइ साेध्दा कहिले हेटौंडा लाने हाे कहिले झापा लानेहाे भन्छन् उनलेे भने । पछि हामीले प्रहरीलाई खबर गर्याैं , प्रहरी आएपछि ल अहिले राति छ भाेली के रहेछ बुझेर कारबाही प्रक्रिया अगाडि बढाउँला भने , तर भाेलिपल्ट जाँदा गाेरूलाइ गाैफर्ममा लगेर बुझायाैं भनेर टारे , गाडी पनि छाेडिदिए ।
एउटै गाडीमा ६ वटा गाेरू थियो नियम विपरीत थियो तर प्रहरीले कारबाही नगरी छाेड्दा कतै सेटिङमा त तस्कर भइरहेको छैन क्लवका युवाहरूले संका गरेका छन् । क्लवले पतेनिमा राेक्ने थाहा पाएपछि तस्करहरूले हामी क्लबलाई ५० हजार सम्म सहयोग गर्छौं बाटो सहज बनाइ सहयोग गर्दिनुपर्याे भनेर अफर आएकाे युवाहरूले बताएका छन् । हामीले उनिहरूकाे अफर नमानेपछि अर्काेपटक शिशाघाट तिरबाट लगेछन् , सिशाघाट र कलेस्ती प्रहरीलाई पनि भन्यौं तर उनिहरूले मादी नदिकाे जांगरबाट तारेर लगेछन् ।
याे काम पहिल्यैदेखि मिलेमतोमा हुने गरेको युवाहरूले आराेप लगाएका छन् । नत्र यहाँको गाेरू झापा , हेटौंडा कसरी पुर्याउन सक्छन् ? युवाहरूको प्रश्न छ ।
यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी डिएसपी अशोक थापा सँग सम्पर्क गर्दा केही दिन अगाडि गाेरू समातेको र कागजात नपुर्याइ ल्याएको पाइएकोले गाैशालामा लगेर बुझाएको बताए ।हामीले खबर पाएपछि दुईपटक समातेर गाैशालामा लगेको उनलेे बताए । स्थानीय निकायमा कर नतिरेको , डकुमेन्ट पूरा नभएको लाई तत्कालै समात्न मातहतका कार्यालयलाई निर्देशन दिएको थापाले जानकारी दिए ।
























