व्यास ५ पतेनीटारकाे आदर्श युवा क्लवद्वारा पराशर आश्रमलाई खाद्यान्न सामाग्री सहयोग
व्यास नगरपालिका वडा नं ५ पतेनिमा रहेको आदर्श युवा क्लवले देउसीभैलोबाट संकलित रकमबाट पराशर आश्रमलाई खाद्यान्न सामग्री सहयोग गरेको छ । क्लवले शनिबार १० हजार बराबरको खाद्यान्न सामग्री व्यास ५ पाटनमा रहेको जेष्ठ नागरिक आश्रमलाइ सहयोग गरेको हो ।

क्लबले देउसीभैलो संकलन मार्फत जेष्ठ नागरिकहरूलाई दाल १ बाेरा , चामल ३५ किलो लगायत नुन , बेसार , बिस्कुट , तेल सहितको उक्त सामग्री प्रदान गरेको क्लबका कोषाध्यक्ष रामकुमार श्रेष्ठले जानकारी दिए। सामाजिक उत्तरदायित्वकाे भावनाले आश्रममा पुगेर उक्त सहयोग गरिएको हाे उनलेे भने ।

क्लबले यस अगाडि स्थानीय सम्झना श्रेष्ठ र माया थापालाई उपचारका लागि पाँच/पाँच हजारका दरले आर्थिक सहयोग समेत प्रदान गरेकाे थियो । क्लवले केही समय अगाडि प्रथम आदर्श कप सेभेन ए साइट फुटबल प्रतियोगिता सफलताका साथ सम्पन्न गरेको थियो ।
























