श्री सत्यसाई सहकारी डुम्रेको १६ औं साधारणसभा सम्पन्न

श्री सत्यसाई सहकारी डुम्रेको १६ औं साधारणसभा सम्पन्न

तनहुँको बन्दिपुर १ डुम्रेमा रहेको श्री सत्यसाई बचत तथा ऋण सहकारीको १६ औं साधारणसभा शनिबार सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष राजकुमार श्रेष्ठको सभापतित्वमा पालुङटार ७ म्याङ्गो रिसोर्टमा भएको कार्यक्रममा प्रमुख अतिथि जिल्ला सहकारी संघका निवर्तमान अध्यक्ष राजेन्द्र पियाले सहकारी संस्थाले सामान्य नागरिकको आय–आर्जनमा जोड दिन पर्ने उल्लेख गर्दै सहकारी संस्था स्थानीय बासिन्दाको सुख दुख्खको साथी बन्नु पर्ने बताए ।
सहकारी संस्थाका सदस्य लक्ष्मी श्रेष्ठले स्वागत गरेको कार्यक्रममा कोषाध्यक्ष दिलकुमार श्रेष्ठले आर्थिक प्रतिवेदन पेश गरेका थिए भने संस्थाका सचिव संदीप खनालले सचिबको प्रतिबेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा शिक्षा समितिका संयोजक नेक महम्मद मिया, उघोग वाणिज्य संघ डुम्रे ईकाई सभापति हेमलाल भिके लगाएतले सहकारीले आम नागरिकलाई गरेको सेवा प्रति खुशी ब्यक्त गरेका थिए ।
कार्यक्रममा शेयर सदस्यका छोराछोरी मध्ये एसईईमा ४ जिपिए प्राप्त गर्ने आयुष उपाध्यय र ३.७३ जिपिए प्राप्त गर्ने आस्था ढकाललाई नगद ५ हजार र सम्मान पत्र प्रदान गरिएको थियो ।


२०६४ सालमा स्थापना भएकोे संस्थामा ९३८ जना शेयर सदस्य रहेको संस्थाले जनाएको छ । संस्थाको शेयर पूँजी २ करोड ९८ लाख ७८ हजार ४०० बचत र बचत ८ करोड ५० लाख ४५ हजार ८३६ रहेको छ । ऋण लगानी ९ करोड ६१ लख ७ हजार ५ सय रहेको छ भने खुद नाफा ५३ लाख ४ हजार ६७ रुपैंया र जम्मा वासलात १४ करोड १८ लाख १६ हजार ५ सय ६८ रुपैंया रहेको ब्यवस्थापक कुमार बस्नेतले जानकारी दिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page