म्याग्दे ५ मा व्यवसाय दर्ता अभियान सन्चालन

म्याग्दे गाउपालिकाकाे आयाेजना र तनहुँ उधाेग वाणिज्य सघ थर्पु वजार ईकाइ समितिकाे सहकार्यमा व्यवसाय दर्ता अभियान म्याग्दे गाउँपालिकामा शुरू भएकाे छ । गाउँपालिका भित्र व्यापार व्यवसाय गर्ने व्यवसायिलाई कानुनि दायरामा ल्याउने उदेश्यले अभियानकै रूपमा दर्ता तथा सुचिकृत आईतवार गरिएकाे हाे ।

गाउँपालिकाकाे ५ वडा भित्र सन्चालन भएका व्यवसायीलाई पटक पटक सुचना गर्दा पनि दर्ता वा सुचिकृत हुन नआएपश्चात अभियानकै रूपमा दर्ता गरेका छाै आर्थिक विकाश शाखा प्रमुख प्रदिप न्याैपानेले भने । वडामा हाेटल, किराना, कृषि , मासुपसल, स्टेशनरि,परामर्श लगायत सचालनमा रहेका व्यवसायि दर्ता तथा सुचिकृत गिरएकाे अधिकृत न्याैपानेले बताए । साेहि अवधिमा व्यवसायीकाे सहजताका लागि फाेटाेकपि लगायतका कार्य नि:शुल्क हुने छ ।

थर्पु वजार ईकाइ समितिका सभापति शुन्दरमणि अधिकारिले गाउँपालिकाले व्यवसायिकाे हितमा कार्य गर्ने र कानुनि दायरामा ल्याउन व्यवसायि संस्था सहयात्री भएकाे वताए । स्थानिय सरकारसँग गाउँपालिका भित्र संचालन हुने उधाेगि, व्यवसायिकाे प्रत्यक्ष सलग्नता हुने हुँदा दर्ता र सुचिकृत गर्ने अभियानमा सहकार्य गरेका छाै अध्यक्ष अधिकारिले भने,” अभियानलाई सफल वनाउन वजार ईकाईका सवै पदाधिकारी र सदस्य लागेका छाै” व्यवसायिलाई सजिलाेकाे लागि वडामा गएर नै सुचिकृत तथा दर्ता अभियान सन्चालन गरिएकाे हाे । उधाेगि व्यवसायि उत्साहका साथ आफ्ना जनप्रतिनिधि, कर्मचारी, व्यवसायी एकैसाथ दर्ता तथा सुचिकृत अभियानमा हिडेपछि निकै खुसिका साथ दर्ता भएका छन् ।
























