शुक्लागण्डकी नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डकाे उपाधि पञ्चमुनिदेव लाइ
शुक्लागण्डकी नगरपालिका स्तरीय छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताकाे उपाधि पञ्चमुनिदेव माध्यमिक विद्यालयले हात पारेको छ । गतबर्षको विजेता पञ्चमुनिले यस बर्ष १५ स्वर्ण, १० रजत र ३ कास्य पदक हात पार्दै रनिङ शिल्डको उपाधि रक्षा गरेको हो ।
जितसंगै पञ्चमुनिले नगद २० हजार साथमा रनिङ शिल्डको उपाधि प्राप्त गरेको छ ।

यसैगरी प्रतियोगितामा तालवेसी माध्यमिक विद्यालय द्धितीय भएको छ । जहाँ तालबेसीले ५ स्वर्ण, ३ रजत र ३ कास्य पदक हात पारेको थियो । जितसंगै तालवेसीले नगद १५ हजार साथमा शिल्ड प्राप्त गरेको छ । प्रतियोगितामा नेपाल पुलिस स्कुलले ४ स्वर्ण, ३ रजत र २ कास्य पदक हात पार्दै तृतीय भएको छ ।प्रतियोगितामा तृतीय भएको पुलिस स्कुलले नगद १० हजार साथमा शिल्ड प्राप्त गरेको छ !

३ दिनसम्म सञ्चालन भएको रनिङ शिल्ड प्रतियोगितामा गाउँ फर्कोदय माविले २ स्वर्ण, ३ रजत र ३ कास्य पदक, अरनिको मावि खैरेनीटारले १ स्वर्ण, ५ रजत र ५ कास्य पदम, खैरेनी माविले १ स्वर्ण, १ रजत र ९ कास्य पदक, आधारभूत माविले १ स्वर्ण, १ कास्य र बालविद्या मन्दिर माविले १ स्वर्णपदक हात पारेको छ ।
यस्तै प्रतियोगितामा जनप्रेमी माविले २ रजत र ३ कास्य पदक, सरस्वती मावि, हंशबाहिनी मावि र जनकल्याण माविले १र१ रजत पदक, लोटसबर्ड, सहिदकृष्ण मावि, कुश्मावति मावि र सूर्यदय माविले सबैले समान १ / १ कास्य पदक हात पारेको छ ।
























