समाजसेवी मल्ल द्वारा ऋषिङ्गमा शैक्षिक सामाग्री तथा न्यानो कपडा वितरण

समाजसेवी मल्ल द्वारा ऋषिङ्गमा शैक्षिक सामाग्री तथा न्यानो कपडा वितरण


ऋषिङ्ग गाउँपालिका वडा २ ग्वासलुङ घर भई हाल लन्डन बस्दै आउनुभएका ग्रिनविच गोर्खा एक्स-सर्भिसमेन एसोसिएसन (जीगेसा ) लन्डनका अध्यक्ष एवम् बरिस्ठ समाजसेवी हरिकुमार मल्लले बिद्यार्थीहरूलाइ शैक्षिक सामाग्री तथा जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेका छन् ।

समाजसेवी मल्लले ऋषिङ्ग २ मा रहेको श्री शिव शक्ति प्राथमिक विद्यालयमा अध्यनरत सबै बिद्यार्थीहरुलाई न्यानो सुइटर र स्टेसनरी सामाग्री तथा जेष्ठ नागरिकहरूलाइ न्यानो कपडा वितरण गरेका हुन् ।सामाजिक उत्तरदायित्वकाे भावना अनुसार जाडो समयमा बिद्यार्थीहरूलाई न्यानो बनाउन तथा शैक्षिक सामाग्रीले शैक्षिक क्षेत्रमा सहयोग पुगाेस् भन्ने उद्धेश्यले सहयोग गरेको मल्लले बताए ।

जाडोमा न्यानो कपडा पाउँदा बिद्यार्थी तथा जेष्ठ नागरिकहरू खुसी भएका थिए । शैक्षिक सामाग्री तथा न्यानो कपडा वितरण गरेकामा बिद्यालयका प्रअ कमल रानाभाटले सहयोगी मल्ललाई धन्यवाद दिएका छन् । सहयोग कार्यक्रममा बालमन्दिर माविका पुर्व प्रअ लक्ष्मी मल्ल ठकुरी लगायतकाे सहभागीता रहेको थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page