साँढे २३ करोडकाे दमाैली सभाहल उद्घाटन भएको १४ महिना पछि हस्तान्तरण
२३ करोड ६२ लाख ४३ हजार ३ सय ३१ रूपयाँ लागतको दमाैली सभाहल उद्घाटन भएको १४ महिना पछि हस्तान्तरण भएको छ ।
उद्घाटन भएको लामो समय हुँदा सम्म पनि सञ्चालनमा आउन नसकी अलपत्र परेर चाैतर्फी आलाेचनामा रहेको सभाहल सुक्रवार हस्तान्तरण भएको हाे ।

राष्ट्रपति रामचन्द्र पाैडेलले २०८० साल असाेज ६ गते उद्घाटन गरेका सभाहल सम्पन्न भए पनि कसलाई हस्तान्तरण गर्ने भन्ने बिषयले अल्झिरहेकाे बेलामा आज व्यास नगरपालिकालाई हस्तान्तरण भएको हाे ।
डाँफे एमए प्रतिष्ठा जेभी काठमाडौं द्वारा सभाहल निर्माण भएको हाे । सभाहल ७ सय ५० जना क्षमताको छ ।

























