म्याग्देमा दन्त शिविर सुरु , पहिलो दिनमा ६५ जनाकाे उपचार

तनहुँकाे म्याग्दे स्थित थर्पू आधारभूत अस्पतालमा पाैष १ गतेदेखि ४ गतेसम्म हुने वृहत दन्त शिविरकाे पहिलो दिनमा ६५ जनाले उपचार पाएका छन् ।

म्याग्दे गाउँपालिका अन्तर्गत रहेका दांत सम्बन्धी समस्या भएका नागरिकहरु लक्षित शिविरकाे पहिलो दिनमा बिरामीहरूकाे ठुलो भिड लागेको म्याग्दे गाउँपालिका स्वास्थ्य शाखा प्रमुख तिलक घिमिरेले बताए । दैनिक ६० जनाको परिक्षण गर्ने भनिएपनी अत्याधिक भिडका कारण ६५ जनाको उपचार गरिएको घिमिरेले जानकारी दिए ।

दन्त परिक्षण शिविरमा दांतको X-Ray, दाँत सफा गर्ने, दाँत भर्ने, दांत निकाल्ने, दाँतको जरै देखिको उपचार, गिजाको उपचार, लगायत दाँत रोग सम्बन्धी औषधी वितरण समेत गरी म्याग्दे वासी नागरिकहरुलाई सेवा पुऱ्याउने उद्देष्य रहेको म्याग्दे गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारीले बताए ।
म्याग्दे गाउँपालिका र नेलम्बो नेपाल गैरापाटन पोखरा विच भएको सम्झौता अनुसार शिविर सञ्चालन गरिएको हाे । शिविरमा दांत सम्बन्धि समस्या भएका नागरिकहरु उपस्थित भई सहज रुपमा दन्त उपचार सेवा लिन आग्रह गरिएको छ ।
























