सरस्वती मावि मैबलकाे वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम सम्पन्न
तनहुँकाे भानु नपा स्थित मैबलमा रहेको श्री सरस्वती सदन मा.वि को ५३ औं वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम सम्पन्न भएको छ । भानु ५ का वडा अध्यक्ष एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नहकुल अधिकारीको अध्यक्षतामा भएको वार्षिकोत्सव कार्यक्रमकाे भानु नगर उप–प्रमुख उमा गोतामेले उद्घाटन गरेकी थिइन् । कार्यक्रममा बाेल्दै प्रमुख अतिथि गाेतामेले श्री सरस्वती सदनको शैक्षिक र भौतिक विकासमा भानु नगरपालिकाको सदैव साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त गरिन् । उनले शिक्षाको महत्व अत्यन्तै ठुलो रहेको भन्दै गुणस्तरीय शिक्षामा जाेड दिएकी थिइन् ।

कार्यक्रममा पूर्व प्र.अ पदम किरण राना , बाबुलाल प्रधान , समाजसेवी चिजकुमार श्रेष्ठ लगायतले विद्यालयको शैक्षिक उत्कृष्टता सहित विद्यार्थीहरुको सर्वाङ्गीण विकासको सफतलाको शुभकामना व्यक्त गरेका थिए ।
विद्यालयका प्र.अ होमनारायण श्रेष्ठले वार्षिक प्रतिबेदन प्रस्तुत गरेको उक्त कार्यक्रममा शिक्षक अभिभावक संधका अध्यक्ष रामकाजी शाही, चैनपुरटोल विकास संस्थाका अध्यक्ष कल्पना शाही, पूर्व विद्यार्थी मञ्चका अध्यक्ष किरण श्रेष्ठ, रमिते सामुदायिक वनका अध्यक्ष दुर्गा बहादुर खाती , प्रार्चाय होमनाराण श्रेष्ठ ,रविन्द्र खाती , सह–प्राचार्य विना तिमिल्सेना लगायत विभिन्न संध संस्थाका प्रतिनिधिहरुले शुभकामना मन्तब्य राखेका थिए ।

साे अवसरमा खेलकुद प्रतियोगितामा उत्कृष्ट नतिजा प्राप्त गरेका विजेता विद्यार्थीहरुलाई पुरस्कार वितरण गर्नुका साथै पदम किरण, बाबुलाल प्रधान, नारायण पौडेल, सुदिप परियार, रेशम श्रेष्ठ र मालती नेपाली लाइ सम्मान गरिएको बिद्यालयका शिक्षक सुशील न्याैपानेले बताए ।
कार्यक्रममा बिद्यार्थीहरूले सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए ।
























