तनहुँमा बालिका शिक्षा कार्यक्रम प्रभावकारी बन्दै
तनहँमा बालिका शिक्षा कार्यक्रम प्रभावकारी बन्दै गएकाे छ । रुम टु रिडकाे आर्थिक तथा प्राविधिक सहयाेग र सू्र्याेदय बाल क्लवकाे आयाेजनामा तनहुँका २० वटा विद्यालयमा बालिका शिक्षा कार्यक्रम संचालन गरिएकाे छ । कार्यक्रम अन्तरगत बालिकाहरुमा जीवन उपयाेगी सीपकाे बिकास हुनुका साथै साेहि अनुसार ब्यवहारमा परिवर्तन भएकाे पाईएकाे जनज्योति मावि भिमादका प्रधानाध्यापक गणेश सुवेदीले बताए ।
सन २०१८ बाट शुरु भएकाे बालिका शिक्षा कार्यक्रममा कक्षा ६ देखि १२ सम्मका किशोरी उमेर समूहका बालिकाहरुलाई जीवन उपयोगी शिक्षा प्रदान गरिएकाे फिल्ड कार्यक्रम ब्यवस्थापक दिनेश पाेख्रेलले बताए । बालिका शिक्षा कार्यक्रम लागू भएपछि बालिकाहरुमा सकारात्मक साेंच, आत्म विश्वास , नेतृत्वदायी भूमिका लगाएतका विषयमा परिवर्तन आएकाे सूर्याेदय क्लबका कार्यक्रम प्रबन्धक प्रदिप रानाले जानकारी दिए ।
कार्यक्रम सुरुवात भए सँगै बालिकाहरु विद्यालयमा नियमित उपस्थिति रहेकाे र नतिजामा समेत राम्रो अंक प्राप्त गर्ने गरेका छन् । कार्यक्रमलाई थप प्रभावकारी बनाउन सराेकारवाला सबैकाे सहकार्य हुन जरुरी रहेकाे सुर्याेदय क्लबका कार्यक्रम अधिकृत रेशम श्रेष्ठले बताए ।
यसैबीच कार्यक्रमकाे प्रभावकारीता बारे अनुगमन गर्न साेमबार जिल्ला स्तरीय संयुक्त टाेली भिमादमा रहेकाे जनज्योति माविमा पुगेकाे छ । उक्त अवसरमा बालिका शिक्षा कार्यक्रम अन्तरगत जीवन उपयाेगी सीपकाे ब्यवहारिक पक्षकाे बारेमा कक्षा ७ का बालिकाहरु र सराेकारवालाहरु बीच छलफल गरिएकाे कार्यक्रम अधिकृत लक्ष्मी नेपालले बताइन् । कार्यक्रममा जिल्ला समन्वय समितिका उप-प्रमुख बासुदेव थापाले जीवन उपयोगी सीपले गर्दा सकारात्मक परिवर्तन हुने विश्वास ब्यक्त गरे । भिमाद नपाका नगर प्रमुख दधिराज सुवेदीले बिद्यार्थीकाे शैक्षिक गुणस्तरका लागि नगरपालिकाले लगानी गर्न तयार रहेकाे बताए । कार्यक्रममा भिमाद नपाका प्रमुख प्रशासकीय अधिकृत कमल प्रसाद पुन, शिक्षा शाखा प्रमुख उप-सचिव सन्दिप पाैडेल, नेपाल पत्रकार महासंघका नवनिर्वाचित अध्यक्ष डिपि अधिकारी लगाएतले रुम टु रिड र सुर्याेदय क्लबले बालिकाहरूमा जीवन उपयोगी सीपका लागि गरेकाे कार्यकाे प्रशंसा गरेका थिए ।

























