दुईसय पचास जरिवाना भुक्तानीकाे लागि व्यासका दरै पक्राउ
दुईसय पचास रूपया जरिवाना भुक्तानीकाे लागि व्यास नगरपालिका वडा नं १० फराकचाैरका ५४ वर्षीय टीका बहादुर दरै पक्राउ परेका छन् ।

तनहुँ जिल्ला अदालतबाट मिति २०७२।०१।३० गतेको फैसला पश्चात लगत कसी हाल सम्म फरार रहेका दरैलाई लुकिछिपी घरमै बस्दै आएको अवस्थामा फेला पारी दुई सय पचास रुपैया जरिवाना भुक्तानको लागी तनहुँ जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ ।

























