छाब्दी वराही मन्दिरमा भक्तजनको भिड

छाब्दी वराही मन्दिरमा भक्तजनको भिड

नेपाल कै प्रसिद्ध धार्मिक स्थल मध्येकाे एक छाब्दी वराही मन्दिरमा भक्तजनको भिड बढेको छ । तनहुँकाे व्यास नगरपालिका अन्तर्गत पर्ने यस तिर्थ स्थलमा पछिल्लो समय भक्तजनको ह्वात्तै भिड बढेको हाे ।
यहाँ भाकल गरेमा मनोकांक्षा पुरा हुने जनविश्वास रहँदै आएको छ । छाब्दी वराही र तनहुँ कै ढोर बाराही मन्दिर दिदि बहिनी मानिन्छन् । मन्दिरको दर्शन गर्न सर्लाहीबाट आएका विश्व आचार्यले छाब्दी वराही मन्दिर पहिलोपटक आएकाे भन्दै निकै राम्रो र धार्मिक महत्त्व बाेकेकाे मन्दिर दर्शन गर्न पाउँदा खुसी लागेको बताए । कुण्डमा पाैडिरहेका माछा यहाँको भगवानका स्वरूप रहेछन् उनलेे भने । आचार्यले जस्तै पाेखराबाट मन्दिरकाे दर्शन गर्न आएकी शारदा लम्सालले पनि मनाेकाँक्षा पूरा हुने जनविश्वासका साथ मन्दिरमा पुजा गर्न आएकाे बताइन् । यसभन्दा अगाडि पनि मन्दिरमा पुजा गर्न आएकाे भन्दै उनलेे धार्मिक एतिहासिक महत्त्व बाेकेकाे ठाउँमा समयसमयमा दर्शन गर्न मन लाग्ने बताइन् ।
मन्दिरका पुजारी डाेलबहादुर आलेले भक्कल पूरा हुने , मागेको कुरा , मनाेकामना पूरा हुने , नबाेल्ने बच्चाहरू पानीको कुण्डमा डुवाएमा बाेल्ने लगायतको बिशेषता यस छाब्दी बराही मन्दिरमा रहेको बताए ।
नयाँ वर्षमा , सनिवार तथा बिदाको दिनमा बढी भक्तजनको भिड हुने भन्दै उनले एकादशी , औशी र श्रावण महिना बाहेकका सबै बेलामा मन्दिरमा पुजा हुने जानकारी दिए ।

छाब्दी बराही मन्दिरमा रहेको कुण्डका माछा मरेमा पुजारीले हिन्दु धर्म अनुसार कोरामा बसेर विधिपुर्वक किरीया बस्नुपर्ने नियम छ । ब्यास ऋषिकी आमा मत्श्य कन्याले छाब्दी देवीको रुपधारण गरी उक्त स्थानमा उत्पति भएकोले पुजा हुदै आएको मन्दिरमा रहेको शिलालेखमा उल्लेख छ । वि.स १८०० जेठ महिनाबाट छाब्दीमा पुजा सुरु भएको थियो । जहर सीं आलेमगरको गाई गोठमा बास माग्न गएकी बालिकाको रुपधारण गरेकी देवीको निर्देशन अनुसार पुजा सुरु गरिएको थियो ।

धेरै वर्ष अघि थाहा नै नभई शिवजी को विर्य पान गरेको एक माछालाई माझीले जालमा पारेछन् । सन्तान नभएका माझीले काटेर हेर्दा कन्या देखेछन् र लालपालन आफैले गर्दै जादा विस्तारै माझी बुढो हुँदै गए । उनी बुढो भएकोले ती कन्या आफैले डुङ्गा चलाउन थालिन् ।

एक दिन परासर ऋषि पारी तर्न लाग्दा देवी रुपी कन्याको रुप देखेर तत्कालै कुहिरो उत्पन्न गराई संभोग गरे र गर्भ बस्यो । तिनै कन्याको कोखबाट वेदव्यासको जन्म भयो । आफु कन्या हुँदा हुदै आमा भएर सबैको आँखामा नराम्रो भएको गुनासो गरेपछि वेदव्यासले आमालाई भनेछन्, “आमा म हजुरलाई पुर्व दिशामा रहेको पवित्र ठाउँमा कुण्ड बनाई एक सय तीन स्थानको पवित्र जल ल्याएर कुण्डमा राख्नेछु जहाँ कलियुगमा तपाइँलाई छाब्दी बराही देवी भनेर सबैले पुजा गर्नेछन् । ”

वि.स १८०० मा एक साझमा देवी बालिकाको रुप धारण गरी श्री जहरसी आलेमगरको गाई गोठमा बास माग्न पुगेछन् । मगरले बास दिन्छु तर खान चाही दिन सक्दिन भनेपछि, “ मलाई केही चाहिदैन म बाराही देवी हु म तलको कुण्डमा शिला भई उत्पन्न हुन्छु तिम्रो सन्तानले मेरो पुजा अर्चना गर्नु । ” भनेर हराएछन् । भोली पल्ट जहरसीं आलेमगर कुण्डमा गएर हेर्दा शिला भेटेकाले त्यस दिन देखी नै उनी र उनका सन्तानहरुले पुजा अर्चना गर्दै आएकाे किंवदन्ती रहेको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page