दमाैली लगायतका स्थानमा आज दिनभरि लाइन जाने

दमाैली लगायतका स्थानमा आज दिनभरि लाइन जाने
Oplus_0

दमौली बजार लगायतका स्थानमा आज मंगलबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म विद्युत अवरुद्ध हुने भएको छ । दमौली बजार र भोर्लेटार चोकमा सडक निर्माणका क्रममा पोल तथा तार हटाउने र ट्रान्सफर्मर स्थानान्तरणका लागि उक्त समय विद्युत अवरुद्ध हुन लागेको नेपाल बिद्धुत प्राधिकरणले जनाएको छ ।

दमौली र छाव्दी फिडरवाट विद्युत आपुर्ति हुने व्यास नगरपालिका वडा नम्बर १,२,३,४,५, बेलबास, छाव्दी, केशवटार, पोखरीभञ्ज्याङ, झापुटार, चापाघाट ,पाटन गल्वुवेसी, भादगाउँमा विद्युत अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्दले जनाएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page