नेपाल मगर विद्यार्थी संघ जिल्ला समिती तनहुँकाे रमाइलो बनभाेज कार्यक्रम सम्पन्न
नेपाल मगर विद्यार्थी संघ जिल्ला समिति तनहुँकाे आयाेजनामा रमाइलो बनभाेज कार्यक्रम सम्पन्न भएको छ । विजय थापा मगरको सभापतित्व तथा नेपाल मगर संघ केन्द्रीय निर्वाचन मण्डल संयोजक सिद्धान्त गर्जा मगरको प्रमुख आतिथ्यतामा “भेटघाट तथा वनभोज कार्यक्रम” सुसम्पन्न भएको हाे ।

उक्त कार्यक्रममा विशिष्ट अतिथिको रूपमा नेपाल मगर संघ गण्डकी प्रदेश वरिष्ठ उपाध्यक्ष मणिराज थापा मगर र नेपाल मगर संघ गण्डकी प्रदेशका सचिव नन्दु थापा मगर रहेका थिए ।

कार्यक्रममा नेपाल मगर संघ तनहुँ जिल्लाका उपाध्यक्ष हर्क बहादुर थापा, नेपाल मगर विद्यार्थी संघ जिल्ला समिति तनहुँका नि. वर्तमान अध्यक्ष बिनिता थापा मगर, पूर्व अध्यक्ष हरू सिजन थापा मगर, सुजन थापा मगर र बसन्त थापा मगर, स्वतन्त्र विद्यार्थी युनियन आदिकवि भानुभक्त क्याम्पसका सचिव अनुप आले मगर, नेपाल मगर विद्यार्थी संघ आदिकवि भानुभक्त क्याम्पस इकाई समितिका अध्यक्ष सोन आले मगर, परासर कलेज इकाइका अध्यक्ष मदन आले मगर लगायतका व्यक्तिहरूकाे उपस्थिति रहेको थियो ।
























