सरकारी तथा संस्थान सवारीचालक एशाेसियसन तनहुँकाे अध्यक्षमा पुनः गुरूङ
सरकारी तथा संस्थान सवारीचालक एशाेसियन जिल्ला कार्यसमिति तनहुँकाे १८ औ साधारणसभा एवं आठाै जिल्ला अधिबेशन सम्पन्न भएको छ । सनिवार सम्पन्न अधिवेशनले अध्यक्षमा पुन : कुशेश्वर गुरुङ (राजु) लाई सर्वसम्मत चयन गरेकाे छ ।

म्याग्दे ६ मुल बाराहीमा भएको बनभाेज सहितको कार्यक्रममा प्रमुख अतिथि शुक्लागण्डकी न पा का नगर प्रमुख कृष्णराज पण्डितले उद्घाटन गरेका थिए । यस्तै अधिवेशनबाट उपाध्यक्षमा कृष्णबहादुर भण्डारीलाई चयन गरेको छ । उक्त कार्यक्रमकाे सन्चालन सस्थाका पुर्बअधक्ष्य अर्जुनकुमार श्रेष्ठले गरेका थिए ।

























