व्यासको फाेहाेरमैला व्यवस्थापनकाे घरपझोङ गाउँपालिका मुस्ताङको टोलीद्वारा प्रशंसा

व्यासको फाेहाेरमैला व्यवस्थापनकाे घरपझोङ गाउँपालिका मुस्ताङको टोलीद्वारा प्रशंसा

मुस्ताङ जिल्लाको घरपझोङ गाउँपालिका अध्यक्ष मोहन सिंह लालचनको नेतृत्त्वमा ३२ सदस्यीय जनप्रतिनिधि र कर्मचारीहरूको टोलीले व्यास नगरपालिकाको फोहोर व्यवस्थापन तथा अन्य प्रशासनिक र विकास गतिविधिहरूको अध्ययन , अवलोकन तथा छलफल सम्पन्न गरेको छ।

टोलीले व्यास नगरपालिकामा हाल सञ्चालनमा रहेको फोहोर वर्गीकरण कार्यक्रमको निरीक्षण गर्दै त्यसको प्रभावकारिता र विस्तार सम्भावनाबारे जानकारी लिएको थियो। व्यास नगरपालिकाले decomposable र non-decomposable फोहोरलाई छुट्टाछुट्टै रूपमा संकलन गरेर प्रभावकारी तरिकाले व्यवस्थापन गरिरहेको छ, जसले स्थानीय स्तरमै दिगो विकासमा योगदान पुर्‍याएको छ।

यी दुई नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना गर्ने निर्णय केही महिना पहिले नै भै सकेको छ। यस सम्बन्धले दुई नगरपालिकाका जनप्रतिनिधिहरू र कर्मचारीहरूलाई आपसी अनुभव आदान-प्रदान गर्ने अवसर प्रदान गर्दै दुवै पक्षको समृद्धि र विकासका लागि सहकार्यको वातावरण सिर्जना गर्ने विश्वास व्यक्त गरिएको छ।

घरपझोङ गाउँपालिकाका अध्यक्ष लालचनज्यूले व्यास नगरपालिकाको प्रयासको प्रशंसा गर्दै यस्ता कार्यक्रमहरूले नेपालका विभिन्न स्थानीय तहहरूलाई उत्प्रेरणा दिन सक्ने उल्लेख गर्नुभयो। व्यास नगरपालिकाका मेयर वैकुण्ठ न्यौपाने ज्यूले पनि भगिनी सम्बन्धमार्फत दुवै नगरपालिकाबीचको सम्बन्ध अझ सुदृढ हुने र व्यास क्षेत्र र मुक्तिनाथ क्षेत्र बीच धार्मिक एवं पर्यटकीय विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो।

छलफलपछि टोलीले व्यास नगरपालिकाको फोहोर व्यवस्थापन केन्द्र र अन्य विकासीय योजनाहरूको अवलोकन समेत गरेको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page