पार्वती आधारभुत बिद्यालय म्याग्देकाे २२ औ वार्षिकोत्सब एवम् अभिभावक दिवस सम्पन्न

पार्वती आधारभुत बिद्यालय म्याग्देकाे २२ औ वार्षिकोत्सब एवम् अभिभावक दिवस सम्पन्न

तनहुँकाे म्याग्दे गाउँपालिका वडा नं ४ मा रहेको श्री पार्वती आधारभुत बिद्यालयकाे २२ औ वार्षिकोत्सब एवम् अभिभावक दिवस कार्यक्रम सम्पन्न भएको छ । वार्षिकोत्सब कार्यक्रमकाे कार्यक्रमका प्रमुख अतिथि म्याग्दे गाउँपालिकाका निवर्तमान अध्यक्ष मायादेवी रानाले उद्घाटन गर्दै आफ्नाे टाेल आगनकाे बिद्यालय छाेडेर अन्यत्र बिद्यार्थी नलान आग्रह गरिन् । बिद्यालयकाे विकासको लागि सबैले हातेमालो गर्दै अगाडि बढेमा अब्बल हुने उनको भनाइ थियो । कार्यक्रममा जिल्ला समन्वय सदस्य डाेलबहादुर सुनारले शैक्षिक सुधारकाे लागि आफ्नाे तर्फबाट सबै किसिमको सहयोग र साथ रहने बताए ।

कार्यक्रममा म्याग्दे गाउँपालिका वडा नं ४ का अध्यक्ष दिपक कुमार श्रेष्ठले शिक्षाको गुणस्तरीयता कायम गर्ने सम्बन्धमा सबैले गम्भीर भएर साेच्नुपर्ने बताए ।
कार्यक्रममा म्याग्दे गाउँपालिका कार्यपालिका सदस्य बद्रीका भट्टराई घिमिरेले किताबको सिकाइ मात्रै भन्दापनी व्यवहारीक शिक्षा सिकाउँदै जाने राम्राे भएको बताइन् ।
म्याग्दे गाउँपालिका शिक्षा शाखा प्रमुख विष्णु केसीले अभिभावकहरूकाे सहभागीता अत्यन्तै राम्रो रहेकोले पनि यहाँका अभिभावकहरू बिद्यालय बनाउन र बिद्यार्थीहरूकाे गुणस्तरीयताका लागि सक्रिय रहेको बताए ।

कार्यक्रममा लक्ष्मण मल्ल ,तिर्थराज वाग्ले ,मित्रलाल श्रेष्ठ , सविना अधिकारी , संगिता श्रेष्ठ लगायतले बाेलेका थिए । उक्त अवसरमा बिद्यालयका प्रअ शागर आचार्यले बिद्यालयकाे वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उक्त अवसरमा आदर्श नमुना क्लवले बिद्यालयलाई स्टेसनरी सामाग्री सहयोग गरेको छ । क्लवका अध्यक्ष अक्षय कुमार कायस्थ लगायत क्लवकाे टाेलीले बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रकुमार मल्ल , प्रअ शागर आचार्य लाई उक्त सामाग्री हस्तान्तरण गरेका हुन् । कार्यक्रममा बिद्यार्थीहरूले साँस्कृतिक नृत्य प्रस्तुत गरेका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page