ऋषिङ्ग कपको उपाधि सरस्वती माविलाई

ऋषिङ्ग गाउँपालिकाद्वारा आयोजित राष्ट्रपती रनिङ सिल्ड तथा अध्यक्ष कपको उपाधि शिव सरस्वती मा.बि. ले हात पारेको छ । शिव सरस्वती मा.वि. ऋषिङ-८ ले ५ स्वर्ण २ रजत र २ कास्य हात पार्दै उपाधि चुमेकाे हाे ।

यस्तै द्वितीय भएको जय दुर्गा मा.वि. ऋषिङ-५ ले ५ स्वर्ण १ रजत र २ कास्य , तृतीय भएको दिपक मा.वि. ऋषिङ-१ ले ३ स्वर्ण , ६ रजत र ४ कास्य हात पारेको छ । विजयी टिमलाई ऋषिङ्ग गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ लगायतले पुरस्कार वितरण गरेका थिए ।

























